Friday 26th December 2025

बुद्ध सम्बन्धी जयशंकरको विवादित अभिव्यक्ति भारतले सच्यायो


तितोपाटी – भारतीय विदेशमन्त्री एस जयशंकरको बुद्ध सम्बन्धी विवादास्पद अभिव्यक्ति भारतीय विदेश मन्त्रालयले सच्चाएको छ। भारतीय विदेश मन्त्रालयले भगवान गौतम बुद्धको जन्मभूमिबारे मन्त्रीले दिएको अभिव्यक्ति सच्याएको हो। आइतबार साँझ भारतले बुद्ध लुम्बिनीमा जन्मिएको र त्यो नेपालमा पर्ने उल्लेख गरेको छ।

भारतले जयशंकरको अभिव्यक्ति बौद्ध विरासतसँग सम्बन्धित भएको भन्दै विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भनेका छन्, ‘यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्। जुन नेपालमा पर्छ।’जयशंकरले एक सम्मेलनमा बुद्ध भारतीय भएको बताएपछि यसको नेपालमा चर्को विरोध भएको छ। नेपाल सरकारले गौतम बुद्ध भारतमा जन्मिएको भनी भारतीय विदेशमन्त्री जयशंकरको अभिव्यक्तिप्रति औपचारिक रुपमा खण्डन गरेको थियो।

परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै विदेशमन्त्री जयशंकरको उक्त भनाइको खण्डन गरेको थियो। गौतम बुद्ध नेपालमा जन्मिएको भन्‍ने तथ्य निर्विवाद र स्थापित रहेको उल्लेख गर्दै मन्‍त्रालयको विज्ञप्तीमा भनिएको थियो, ‘ऐतिहासिक तथा पुरातात्त्विक प्रमाणहरूबाट गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको भन्ने स्थापित भइसकेको छ र यो तथ्य निर्विवाद छ। बुद्धको जन्मस्थल र बौद्ध धर्मको धरोहर लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकत सम्पदामध्ये एक हो।’नेपालले जयशंकरको अभिव्यक्तिको खण्डन गरे लगत्तै भारतीय विदेश मन्त्रालयले उनको अभिव्यक्ति सच्याएको हो। 

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहू कतारगेट प्रकरणका कारण आफ्नै देशले घेरिएका छन्। उनको सरकारका मानिसहरू उनीसँग रिसाएका छन्। अन्य नेताहरूले उनको…

बेइजिङ/शेन्जेन — चीनले अत्याधुनिक सेमिकन्डक्टर प्रविधिमा पश्चिमी देशहरूको दशकौँदेखिको वर्चस्व तोड्ने दिशामा ठूलो र गोप्य कदम चालेको खुलासा भएको छ।…

प्रतिकृयाहरू
...