Thursday 23rd April 2026

झापड – लोक छन्द (झ्याउरे) -हरि शर्मा (सुबेदी)


पूर्णिमा गयो सुटुक्कै फेरि शुरु भो जात्रा यो ।
गाईको जात्रा भएको नाम मान्छेको जात्रा हो । १।

नेताको जात्रा चलेकै बेला कोरोना आएको ।
कोरोना जात्रा लुकेर भित्र गुम्सिनु परेको । २।

कुकर्म गर्ने कुजात नेता कुनामा लुकेका ।
क्यान्सर, कोर कोरोना केही नटेरी बसेका । ३।

छुचुन्द्रो जस्तो यिनको मुख सियोले सिलाए ।
क्यान्सर लागे कोरले कतै पाखुरा डल्याए । ४।

कोरोना लागि मजाले त्यहाँ कुनामा थच्च्याए ।
उत्तम हुने यिनले यहाँ देश नि खोक्र्याए । ५।

प्रचण्ड ओली मगन्ते झोली माधव नेपाल ।
पौडेल बाजे मिलेन कुर्सी समाए कपाल । ६।

शेरेले छेरे कुनामा बसी काँग्रेस हरायो ।
उनको पाला काँग्रेस पनि बेहाल गरायो । ७।

उखाने नेता छेरौटे बेथा बेथाले सुतेका ।
गुम्छ कि कतै कुर्सी त्यो भनी नसुती जागेका। ८।

बन्दैन देश उखान हाली बिकाश बन्द छ ।
कसरी कुर्सी थमौंने मात्र उनको धन्दा छ । ९।

प्रचण्ड गुण्डा गुण्डाका नेता छेपारा जस्ता छन् ।
गडौँला जस्तै अगाडि अनि पछाडि सर्दछन् । १०।

दुनियाँ लुटी रगत चुसी अघाए जुको झैं ।
जनता जति खाडिमा गए सुकेका सिन्को झैँ । ११।

बाबुरामले देखाए जात्रा पोइल गएर ।
छिनको छिन फेरेका दल बेसारे भएर । १२।

बामदेवले हलीको शान पाएको पैले हो ।
झगडा ऐले गरेको किन गोठालो हुन हो । १३।

खनाल झल छलको बल अगाडि पछाडि ।
काटेका शिर झापामा अझै रहेका लघारी । १४।

बामेले ऐले कुर्सीको लागि बोकेका श्रीमती ।
बिनास काल उल्टिन्छ बुध्दि सम्झाउँ खै कति । १५।

मन्त्रीको कुर्सी कोरोना सर्ने माध्यम बन्यो रे ।
नलड अब कुर्सीको लागि कालले भन्यो रे । १६।

 

हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

Donald Trump का बयानहरूले सुरुमा आशा जगाए पनि, केही घण्टामै इरानको कडा प्रतिक्रिया आउनु भनेको दुवै पक्ष अझै पनि आफ्नै…

काठमाडौं — नेपाल र संयुक्त अरब इमिरेट्सबीचको टी–२० अन्तर्राष्ट्रिय सिरिजको सुरुवातअघि आयोजित उद्घाटन समारोहमा गम्भीर प्राविधिक त्रुटि देखिएपछि विवाद उत्पन्न…

काठमाडौं — भारतबाट खरिद गरी नेपाल ल्याइने सामानमा भन्सार शुल्क तिर्नुपर्ने विषयमा देखिएको अन्योलबारे सरकारले स्पष्ट पारेको छ। १०० रुपैयाँभन्दा…

प्रतिकृयाहरू
...