Sunday 22nd March 2026

भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट कम्तीमा ८६ जनाको मृत्यु


तितोपाटी – भारतको पन्जाबमा केही दिनयता विषाक्त मदिरा सेवन गरेका कारण कम्तीमा ८६ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवनका कारण नागरिकहरुको मृत्यु हुन थाले पछि अवैध मदिरा उत्पादन नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले शनिवार १०० ठाउँमा छापा मारेर अवैध रूपमा मदिरा उत्पादन गर्न प्रयोग गरिने सामग्री जफत गर्दै २५ जनालाई पक्राउ गरेको कुरा अधिकारीहरूले बताएका छन् ।

केही दिनयता विषाक्त मदिराका कारण मृत्यु हुने मानिसको सङ्ख्या निरन्तर बढिरहेको कुरा त्यहाँको प्रहरीले जनाएको छ । शुक्रवार पन्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले मदिराका कारण मानिसहरूको मृत्यु भएको विषयमा छानबिन गर्न निर्देशन दिएका थिए। भारतमा अवैध तरिकाले उत्पादन गरिने तथा गुणस्तरहीन मदिराका कारण प्रत्येक वर्ष सयौँ मानिसको मृत्यु हुने गरेको छ।

भारतका विभिन्न राज्यमा अवैध मदिरा ठूलो परिणाममा उत्पादन हुने र स्थानीय व्यापारीमार्फत् उपभोक्तासम्म पुग्ने बताइएको छ। स्थापित ब्रान्डका मदिरा महँगो हुने भएकाले ग्रामीण भेगमा अवैध मदिराको बेचबिखन हुने गरेको छ। तर विषाक्त मदिरा सेवन गर्दा धेरै मानिसले ज्यान गुमाएका छन्।

प्रायः उत्पादकहरूले मदिरालाई कडा बनाउन मेथनल प्रयोग गर्छन्। मेथनल सेवन गर्दा आँखाको ज्योति गुम्ने, कलेजो बिग्रिने र मृत्यु हुने पनि हुनसक्छ।
-बीबीसी नेपालीबाट


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...