Friday 27th March 2026

सरकार! जनस्वास्थ्यको लागि गर न संकल्प -सुशिल बस्याल


हेलो सम्बन्धित सरकार! केही त गरिदेउ ।
तिमी त ठाउँमा छौ भोको पेट भरिदेउ ।।

बिद्यार्थी हु म शिक्षामा भविष्य देख्दैछु ।
परिवर्तनको आशाले कविता लेख्दै छु ।।

भाईरस छदै परिक्षा हुने घोषणा गराएछौ।
सरकार! हचुवाको भरमा लकडाउन हटाएछौ ।।

२ जना सक्रमित देखिँदा खेरी जनता तर्सायाै।
सेवाको नाममा गोजा गोजा बजेट बर्सायौ ।।

सोच न सरकार, जनतालाई हेरन एक पटक ।
बुझ्नै नसकिने बताउ के हो ? यो तिम्रो चटक ।।

सर्वत्र महामारी फैलिएको खवर सुनिएको छ ।
परिक्षा दिने विद्यार्थी घर भित्र थुनिएको छ ।।

मन्त्री ज्यु! एक चोटी विद्यार्थी बनेर त हेर्नुस ।
कागजमा लेखेका नचाईदा गफ केर्दै गर्नुस ।।

दुई थोपा सेनिटाईजर र मास्कले सुरक्षित भैदैन ।
ज्यानै जोखिममा राखेर,हामीलाइ मार्कसिट चाईदैन ।।

सहरबाट गाउँ आएकालाई कसरी भित्राउँछौ ।
कति समयसम्म यसरी जनतालाइ गिजाउँछौ ।।

क्वारेन्टाइन र आईसुलेशनका बिद्यार्थीले परिक्षा कसरी दिने?
हामी सुरक्षित हुन्छौ भन्ने कुरा कसरी पत्याउने । ।

बिद्यार्थीहरु पढाइ भन्दा स्वस्थ हुन चाहन्छन ।
स्वस्थ रहे आफ्नो भबिस्य आफै बनाउछन ।।

सिकाईको नाममा शिक्षा व्यावसायिकरण नबना
यथास्थितिमा परीक्षा हुन्छ नभन हटेको छैन कोरोना ।

केही त खोज न सरकार! निकाल विकल्प ।
जनता सुरक्षित राख्न जनस्वास्थ्यको गर न सङ्कल्प।।

जनता सडकमा भैलो खेल्न पर्ने नबनाउ
केही हुन्न भनि सुरक्षित भएको जनाउ ।

सुशिल बस्याल
बगनासकाली ८ बेलौतिखरक ,पाल्पा नेपाल


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...