Monday 23rd March 2026

सावधान ! हावाबाट पनि कोरोना सर्न सक्छ


तितोपाटी – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले हावामार्फत कोरोना भाइरस सर्न सक्ने बताएको छ । अति सना अर्थात सुक्ष्म कणहरु हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने र त्यसमा कोरोना भाइरस रहेमा अर्को व्यक्तिमा संक्रमण हुने सक्ने पछिल्ला प्रमाणहरु देखिएको डब्लुएचओले उल्लेख गरेको छ । एक संक्रमित व्यक्तिबाट निस्किएका अति साना कणहरुमा कोरोना भाइरस हुन सक्ने र ती कणहरु वायुको माध्यमबाट फैलिन सक्ने भएकाले थप सावधानी अपनाउनु पर्ने भएको हो । विशेष गरी भिडभाड युक्त क्षेत्रमा वायु मार्फत कोरोना भाइरसको संक्रमण (एअरबर्न ट्रान्समिसन) फैलिन सक्ने कुरा पूर्ण रुपमा अस्वीकार गर्न नमिल्ने डब्लुएचओका अधिकारीले बताएका छन् ।

यस अघि अत्यधिक भीडभाड रहने र बन्द कोठाभित्र संक्रमित व्यक्तिको मुखबाट निस्कने छिटामार्फत भाइरस सर्ने पुष्टि भए पनि हावामार्फत प्रसार हुने–नहुने स्पष्ट थिएन । तर मेडिकल जर्नल ‘क्लिनिकल इन्फेक्सस’मा प्रकाशित सामग्रीअनुसार ३२ मुलुकका दुई सय ३९ वैज्ञानिकले हावाबाट कोरोना प्रसार हुने/नहुने अध्ययन गरेका थिए  जस अनुसार उनीहरूले ‘फ्लोटिङ’ भाइरस भएकाले कोरोना हावामा बाँच्न सक्ने बताएका छन् ।

खोक्दा, हाछ्युँ गर्दा र बोल्दा मुखबाट छिटा निस्किन्छन् । त्यस्ता छिटामा हुने भाइरस अर्को व्यक्तिमा सर्नु नै हावाबाट प्रसार हुनु रहेको वैज्ञानिकहरूको भनाइ छ तर त्यस्ता छिटा धेरै टाढासम्म पुग्न सक्दैनन् । भौतिक दूरीमा रहँदा भाइरस संक्रमणबाट बच्न सकिने वैज्ञानिकहरूले बताउँदै आएका छन् ।

खोक्दा र हाछ्युँ गर्दा मुखबाट निस्कने पाँच माइक्रोनभन्दा ठूला आयतनका छिटा हावामा नमिसिई भुइँमा खस्छन् । त्यस्ता थोपाबाट भाइरस प्रसार हुने सम्भावना कम हुने वैज्ञानिकहरूको भनाइ छ तर त्यसभन्दा कम आयतनका छिटा हावामा मिसिने सम्भावना विभिन्न अध्ययनमा औँल्याएका छन् । त्यसरी हावामा मिसिएको भाइरस कति समय जीवित रहन्छ भन्ने स्पष्ट छैन ।

हावाबाट भाइरस सर्ने सम्भावनालाई मध्यनजर गरेरै वैज्ञानिकले घरबाहिर निस्किँदा मास्क प्रयोगमा जोड दिएका हुन् ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...