Thursday 14th August 2025

नेपालमा थप १८६ जना कोरोना संक्रमित बढे, जम्मा संक्रमित मध्ये ६६.५% निको भए


तितोपाटी – कोभिड-१९ को विश्वव्यापी महामारीको कारण नेपालमा अहिलेसम्म १७ हजार ८ सय भन्दा बढी संक्रमित भइ ११ हजार ८ सय भन्दा बढी निको भएका छन् भने जम्मा ४० जनाको मृत्यु भएको छ । संक्रमित मध्ये ६६.५% मानिसहरू स्वास्थ्यलाभ गरि घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा बताइए अनुसार पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन १७३ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १७८४४ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ भने देशभरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ५९३६ जना उपचाररत रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार सोमबार अपरान्ह सम्म कुल ११८६८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । अहिलेसम्म ४० जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । हालसम्म देशभरका २७ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट ३ लाख १९ हजार ७ साय ८६ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा २२ हजार २ सय २८ जना रहेका छन् । नेपालका ७७ जिल्ला मध्ये हाल भोजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ जिल्लामा एक जना पनि संक्रमित छैनन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ४६ लाख ७४ हजार भन्दा बढि संक्रमित भइ ८७ लाख ५९ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ६ लाख ९ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- कुलिंग पिरेड बिबादमा परे सँगै प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् ।…

तितोपाटी-महिला दिदीबहिनीको महान पर्व हरितालिका तीजको पावन अवसरमा दुबईमा तीज बिशेष साँस्कृतिक धमाका -२०२५  हुने भएको छ ।आउदो अगस्ट २४…

उत्तर प्रदेशको बलरामपुरमा २१ वर्षीया अपाङ्गता भएकी महिलामाथि बलात्कार भएको आरोप छ। पीडित महिला राति अबेर सुनसान सडकमा आफ्नो ज्यान…

प्रतिकृयाहरू
...