Saturday 21st March 2026

नेपालको कोरोना अपडेटः कुल संक्रमित १७६५८, निको भएका ११६९५, जम्मा ४० जनाको मृत्यु


तितोपाटी – नेपालमा कोरोना संक्रमितको संख्या दैनिक रूपमा घट्दै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा बताइए अनुसार पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ५८ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १७६५८ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ भने देशभरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ५९२३ जना उपचाररत रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार आइतबार अपरान्ह सम्म कुल ११६९५ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । अहिलेसम्म ४० जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । हालसम्म देशभरका २७ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट ३ लाख १५ हजार ५ साय ७० जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा २२ हजार ६ सय ६२ जना रहेका छन् । नेपालका ७७ जिल्ला मध्ये हाल भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला जिल्लामा एक जना पनि संक्रमित छैनन् ।

त्यसै गरि अब उप्रान्त विदेशबाट हवाइ मार्ग प्रयोग गरि नेपाल आउनेहरू सबैलाइ होल्डिङ सेन्टरमा ५ दिन राखी परिक्षण गरेर मात्रै सम्बन्धित स्थानिय तहमा पठाउने पनि स्वास्थ्य मन्त्रालयको मिडिया ब्रिफिङमा जनाइएको छ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ४४ लाख ५० हजार भन्दा बढि संक्रमित भइ ८६ लाख ३४ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ६ लाख ५ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...