Saturday 15th June 2024

राष्ट्रियता र राष्ट्रवादलाइ वर्णाश्रमको आधारमा ब्याख्या नगरौ


गुलाम नवि मन्सुर – राष्ट्रियता भनेको देशको सिमाना भित्र रहेको सिङ्गो समाज वा सम्पुर्ण जनतालाई विश्वासमा लिएर देशको सर्वोपरी हित गर्दै सार्वभौमसत्ता, स्वधिनता, अखण्डता, स्वतन्त्रतालाई रक्षा गर्नु नै राष्ट्रवाद हो जस अन्तर्गत हरेक समुदायको साझा इतिहास, परम्परा, भाषा,पहिचान, लिङ्ग, वर्ण, धर्म,जाती वा जातियता र संस्कृतिको आधारमा एकताबद्ध बनाएर राष्ट्रको हितमा अवलम्बन गर्ने नीति हो । राष्ट्रभित्र वर्णाश्रमको कारणले कुनै वर्ण माथी रास्ट्रवादको प्रश्न उठाउँछ वा प्रतिबन्ध गर्छ भने कुनै पनि देशको रास्ट्रवाद सबल र सफल हुँदैन । अर्को शब्दमा भन्नू पर्दा -प्रत्येक नेपाली जनता स्वतन्त्र र सार्वभौम सम्पन्नताको आधारमा आफ्नो अधिकार प्रयोग गर्दै सार्वभौमसता, स्वतन्त्रता, अखण्डतालाई बचाउनु नै राष्ट्रियता हो मेरो बुझाईमा ।

वर्तमान विश्वको परिवेशमा कुनै पनि राष्ट्र छैन जुन माथिका मापदण्डहरूलाई पूर्ण रूपमा समर्थन गर्दैनन। तपाईं हामीले विश्वको मानचित्रलाई हेर्ने हो भने पृथ्वीको हरेक ईन्च भूमी राष्ट्र वा देशको सिमानामा विभाजित भएको छ, राष्ट्रियतामा आधारित राष्ट्र कल्पनारत छन समग्र ब्रह्माण्डको भुभागहरु ।

राष्ट्रियताको परिभाषा र अर्थको बारेमा विस्तृत छलफल भएको पाइन्छ । राष्ट्रियताकाे स्पष्ट र स्वीकार्यताको परिभाषा गर्न सजिलो छैन। राष्ट्रियता र राष्ट्रवाद कुनै भाषा, लिङ्ग र वर्णमा अधारित हुन्न । राष्ट्रवादको सवालमा विश्वको बिद्वानहरूको विश्वास छ कि- राष्ट्रवादको परिभाषा गर्न धेरै गाह्रो काम हो तर अझै उनीहरुले राष्ट्रियता र राष्ट्रवादको विषयमा दिएको परिभाषा बुझ्नका लागि उपयोगी पनि छ । बिद्वानहरूको अनुसार, ‘राजनीतिक, आर्थिक, सामाजिक र बौद्धिक कारणहरूको उत्पादनको इतिहासको विशेष चरण नै राष्ट्रवाद हो । मानसिको अनुभव वा व्यक्तिको धार्मिक-सांस्कृतिक पचिनान, परम्परा सहितको समूहिक भावना हो राष्ट्रियता जुन भौगोलिक क्षेत्र अनुसार फरक फरक भाषा तर देश र जनताको लागि एक समान भाषा बोल्छन । ती भाषाहरु जसमा राष्ट्रियता सहितको राष्ट्रवादको अभिलाषा अभिब्यक्त भएको हुन्छन । राष्ट्रियता एक पहिचान हो जहाँ उक्त देशको सीमाना भित्र बस्ने मानिसहरुले आफ्नो देशको प्राकृतिक, प्राचीन, परम्परागत अस्तित्व र स्थिरता पाउछन् । यस धारणाको शक्तिलाई यस तथ्यबाट पनि अनुमान लगाउन सकिन्छ कि राष्ट्रियताकाे आधारमा गठन गरिएको समुदायले वर्ग, जाति र धार्मिक विभाजनलाई एकबद्ध गरेर अगाडि बढ्दछ ।

राष्ट्रवादमा आधारित कार्यक्रम र राजनैतिक परियोजनाका अनुसार जब राष्ट्र(राज्य) स्थापना हुन्छ, राष्ट्रिय सिमाना भित्र बसोबास गर्ने हरेकले देशकाे विभिन्न पहिचानमाथि राष्ट्रको निष्ठालाई महत्त्व दिने अपेक्षा गर्नु नै राष्ट्रियता हो । त्यहाँ बसोबास गर्ने नागरिकले राष्ट्रको कानूनको पालना गर्छन र आन्तरिक र बाह्य सुरक्षाको लागि आफ्नो जीवन बलिदान दिनु नै राष्ट्रवाद हो ।

अन्त्यमा, राष्ट्रवाद कुनै वर्णाश्रमको आधारमा पहिचान हुने होइन, सिंङ्गो समाजभित्रको सहिष्णुता, सद्भाव, सदाचार, प्रेम, अहिंसा, शान्ति नै राष्ट्रियताको केन्द्र बिन्दु हो । राष्ट्रवाद त पुर्व-पश्चिम, उत्तर-दक्षिण हिमाल पहाड तराइ मधेश हुँदै नेपालको नक्सा भित्र आधिकारिक रुपमा बसोबास गर्ने कालो, गोरो जातजाति, भाषा भाषी, लिङ्ग धर्म संस्कृतिको आधारमा वराबर हुन्छन् । चाहे हिमालमा बस्ने शेर्पा होस वा पहाडम बस्ने पहाडी होस, चाहे मधेसमा बस्ने मधेसी होस वा तराईमा बस्ने थारु होस, जात र जातिको अधारमा राष्ट्रियता र राष्ट्रवादको ब्य्याखा गर्नु उचित हुन्न । रिमोट कन्ट्रोलबाट चल्ने शासकहरुले कहिँले राष्ट्रवादको सहि ब्य्याखा गर्न सक्दैनन् ,देशको हित हुने काम गर्दैनन् । राष्ट्रवादी बनाेर राष्ट्रियताको वकालत गर्न शासकहरू रिमोट कन्ट्रोलबाट मुक्त हुन जरुरी छ । सुनको कचौरा बोकेर भिख माग्न छौडौ, देश र जनताको हितको लागि सदाचारयुक्त रास्ट्रवादको पक्षमा जीवन अर्पित गरौ । देश सबैको हो सबैलाई मिलाएर नै जानू बलियो राष्ट्रवाद हो, इन्द्रेणी राष्ट्रवाद नै देशको समृद्धि र बिकाशको मुल अधार हो ।


सम्बन्धित शीर्षकहरु

गुँरास अभियान्ता सुशिल बस्यालले पाल्पा जिल्ला भरी औपचारिकता पूरा गर्न मात्र नभै राम्रोसंग विभिन्न प्रजातिको बिरुवाहरु रोप्ने र विशेष गरि…

नेपालले टी-२० विश्वकप क्रिकेटमा इतिहास रच्ने मौका गुमाएको छ । उत्कृष्ट स्पिन बलिङपछि आसिफ शेखको संयमीत ब्याटिङका बावजुद नेपाल शुक्रबार…

दक्षिण अफ्रिकाको राष्ट्रपतिमा दोस्रो पटक सिरिल रामाफोसा निर्वाचित भएका छन् । त्यहाँको संसदले सत्तारुढ अफ्रिकी नेशनल कंग्रेस (एएनसी) र विपक्षी…

प्रतिकृयाहरू
...