Saturday 11th April 2026

कुवेतमा नुवाकोटका सागर राईको हृदयघातको कारण मृत्यु


चन्द्र गाेतामे – कुवेतमा एक जना नेपालीको हृदयघातको कारण मूत्यु भएको छ । राहदानी नम्बर ०७८६३१७२ का नुवाकोट घर भएका सागर राईको हृदयघातका कारण फर्वानिया अस्पतालमा उपचारको क्रममा १३ जुलाई २०२० मा मृत्यु भएको हो ।

विगत चार वर्ष देखि रोजगारीको सिलसिलामा कुवेतमा रहेका राई कम्बाइन्ड ग्रुप कम्पनीमा कार्यरत थिए । कम्बाइन्ड ग्रुप कम्पनीका फोरमेन रोल बहादुर बिश्वकर्माका अनुसार “मृतक राईको दुबै मृगौला फेल भएकोले पन्ध्र दिन पहिले फर्वानिया अस्पतालमा भर्ना गरिएको थियो । उनको मृत्यु भएको प्रारम्भिक जानकारी भने कम्पनीमा १५ जुलाई २०२० मा आएको थियो ।”

नेपाली राजदूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालका अनुसार “सागर राईको मृत्य भएको प्रारम्भिक जानकारी नेपाली दूतावासमा आइसकेको छ । उनको हृदयघातको कारण मूत्यु भएको अस्पतालले जनाएको छ । उनको शव नेपाल पठाउनको लागि कानुनी प्रक्रियाका कामहरु अगाडि बढाई सकिएको तर मृतक राईको परिवार संग सम्पर्क गर्नको लागि बारम्वार कोसिस गर्दा पनि सफल हुन सकेको छैन । हिजो एक नम्बर उपलब्ध भएको थियो त्यो नम्बरमा सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन ।” । उनले थपे “मृतकको परिवारको सम्पर्क नम्बर कोही संग छ भने दूतावासलाई उपलब्ध गराई सहयोग गरिदिनको लागि पनि आग्रह गरेका छन ।”

मृतक ३५ वर्षीय सागर राईका घरमा श्रीमती एक १४ वर्षका छोरा र एक १२ वर्षकी छोरी छन् ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिण लेबनानमा हिज्बुल्लाहका “सैन्य ठेगाना” र रकेट लन्च साइटहरूलाई लक्षित गर्दै ठूलो हवाई हमला गरेको जनाएको छ। इजरायलले…

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

प्रतिकृयाहरू
...