Friday 27th March 2026

कविताः- साउने सक्रान्ति -सुशिल बस्याल


साउने सक्रान्ति

सक्रान्ति पर्व फालेर लुतो आराम गरिन्छ
पवित्र सुरु साउन बाट ब्रत नै बसिन्छ ।

शिवजी लाई चढाई जल शरण पर्दछन्
पखाली हिलो आराम लिने कृषक गर्दछन् ।

शङ्ख घन्ट बजाई दियो बालेर प्राथना
आगनबाट अगुल्टो फाली प्रभुको कामना।

मदिरा मासु लसुन प्याज हुदैन खानलाई
घुईचो लाग्छ साउन भरी बोलबम जानलाई ।

साउन सुर्य कर्कट राशी रहने हुनाले
घमौरा लुतो आउने गर्छ पानीमा भिज्नाले।

कृषिमा क्रान्ति खाएर मानो मुरीनै फलाउने
प्रसन्न पार्न प्रभुको लागि दियो नै जलाउने ।

विभिन्न ठाउँ फरक कार्य संस्कार अनेक
हरिया चुरा पाखुरा भरी मेहन्दिको रौनक ।

साउन भरी हरियो चुरा पतिको सुरक्षा
प्रभुको व्रत बसेर लाभ गारिन्छ अपेक्षा ।

वर्षाको अन्त्य हिउँद सुरु खुशी नै मनमा
कृषक सबै आराम गर्छन, हँसिलो क्षणमा।

प्रभुको निन्दा हुँदैन गर्न महत्व अपार
बेलको वृक्ष काट्नु हुन्न गर्नु है बिचार।

अस्लिल शब्द हुँदैन बोल्न पबित्र समयमा
अशुद्ध खाना नखानु होला साउन महिनामा।

रोगको मुक्ति पाउन लुतो फालिने चलन
साउन भरी खुशी नै साटी पबित्र वचन ।

सुशिल बस्याल
बगनासकाली ८ बेलौतिखरक,पाल्पा नेपाल


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...