Saturday 26th September 2026

सहमतिका नाममा स्थायी समिति बैठक लम्ब्याउन नहुने नेकपा नेताहरुको जोड


काठमाडौं -सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्यहरुले सहमतिका नाममा स्थायी समिति बैटक लामो समय स्थगन गर्न नहुने बताएका छन् । असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक सहमति जुटाउने नाममा १६ गते यता बस्न सकेको छैन ।पछिल्लो पटक साउन २ गतेसम्मका लागि बैठक स्थगित गरेर प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच वार्ता भइरहेको छ । तर, उनीहरुबीच कुनै सहमति जुट्न सकेको छैन ।

बुधबार झण्डै ३ घण्टा ओली प्रचण्डबीच भएको वार्तामा पनि ठोस सहमति नभएपछि शुक्रबार बस्ने भनिएको स्थायी समिति बैठक पनि अनिश्चित भएको छ । दुई दिन बाँकी रहँदा समेत दुई नेताबीच सहमति नजुटेपछि केही स्थायी समिति सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन् ।

स्थायी समिति सदस्य जनार्दन शर्मा, पम्फा भुषाल, देव गुरुङ, रघुजी पन्त, टोपबहादुर रायमाझी लगायतका नेताहरुले सिंहदरवारमा बुधबार छलफल गरेका हुन् । छलफलमा कसरी अघि बढ्ने भन्ने विषयमा कुराकानी भएको स्थायी समिति सदस्य देव गुरुगले रातोपाटीलाई जानकारी दिए ।उनले साउन २ गतेका लागि बोलाइएको बैठक पनि स्थगित हुने हो कि भन्ने विषयमा कुराकानी भएको भन्दै लामो समय बैठक स्थगित गर्नुभन्दा बैठक बसेर निर्णय गर्नुपर्ने विषयमा सबै नेताहरु एकमत भएको जानकारी दिए ।‘बैठक बस्नुपर्छ । निर्णयहरु गर्नुपर्छ । पार्टीको निर्णय सबैले मान्नुपर्छ । विधि प्रकृयामा पार्टी चल्नुपर्छ भन्ने हाम्रो भनाइ हो । पार्टीलाई कसैले पनि अनिर्णयको बन्दी बनाउनु हुँदैन भन्नेमा सबैको जोड छ,’ गुरुङको भनाइ छ ।
स्थायी समितिका बहुमत सदस्यहरुले ओलीको राजीनामा माग्दै आएका छन् । तर ओली आफ्नो राजीनामा समस्याको समाधान नहुने भन्दै नदिने अडानमा छन् । जसले गर्दा नेकपा स्थायी समिति बैठक र विवाद लम्बिदै गएको छ ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...