Saturday 17th January 2026

‘मान्छेमा कोरोनाको खोप परीक्षण अन्तिम चरणमा’


वासिंटन – अमेरिकी एक बायोटेक फर्म कोभिड १९ को खोपको मानवमाथि परीक्षण यही महिनाको अन्त्यसम्म अन्तिम चरणमा पुग्ने जनाएको छ ।यसबारे अध्ययन गरिरहेको मोडेर्नाले मंगलबार आगामी जुलाइ २७ मा मानवमाथि परीक्षणको अन्तिम चरणमा पुग्ने जनाएको हो । अघिल्ला नतिजा प्रभावकारी रुपमा आएपछि उसले यस्तो दावी गरेको हो । तीन चरणको परीक्षणमा जम्मा ३० हजार सभागी छन् ।

उक्त खोप सुक्षत छ कि छैन जस्ता कुरामा थप अध्ययन भइरहेको बताइएको छ । परीक्षणमा सहभागीहरुलाई फेरि संक्रमण देखिनसक्ने भएपछि यस्ता परीक्षण असफल हुनसक्ने भन्दै सावधानी अपनाइएको छ ।साथै यो अध्ययन २०२० को अक्टोबर २७ सम्म सञ्चालन भइरहनेछ । मोडेर्नाको परीक्षण नतिजा न्यु इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा मंगलबार प्रकाशित भएपछि उक्त घोषणा गरिएको हो ।
मोडेर्नाको खोप विकासको काम मध्यम चरणमा पुगेको पनि बताइएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको खोप विकासका लागि विश्वभरका वैज्ञानिकहरु ८ महिनादेखि संघर्षरत छन् । हालसम्म कोरोनाभाइरसबाट विश्वभर ५ लाख ७० हजार भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । साथै १ करोड भन्दा बढी संक्रमित भएका छन् ।
-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

प्रतिकृयाहरू
...