Saturday 21st March 2026

‘मान्छेमा कोरोनाको खोप परीक्षण अन्तिम चरणमा’


वासिंटन – अमेरिकी एक बायोटेक फर्म कोभिड १९ को खोपको मानवमाथि परीक्षण यही महिनाको अन्त्यसम्म अन्तिम चरणमा पुग्ने जनाएको छ ।यसबारे अध्ययन गरिरहेको मोडेर्नाले मंगलबार आगामी जुलाइ २७ मा मानवमाथि परीक्षणको अन्तिम चरणमा पुग्ने जनाएको हो । अघिल्ला नतिजा प्रभावकारी रुपमा आएपछि उसले यस्तो दावी गरेको हो । तीन चरणको परीक्षणमा जम्मा ३० हजार सभागी छन् ।

उक्त खोप सुक्षत छ कि छैन जस्ता कुरामा थप अध्ययन भइरहेको बताइएको छ । परीक्षणमा सहभागीहरुलाई फेरि संक्रमण देखिनसक्ने भएपछि यस्ता परीक्षण असफल हुनसक्ने भन्दै सावधानी अपनाइएको छ ।साथै यो अध्ययन २०२० को अक्टोबर २७ सम्म सञ्चालन भइरहनेछ । मोडेर्नाको परीक्षण नतिजा न्यु इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा मंगलबार प्रकाशित भएपछि उक्त घोषणा गरिएको हो ।
मोडेर्नाको खोप विकासको काम मध्यम चरणमा पुगेको पनि बताइएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको खोप विकासका लागि विश्वभरका वैज्ञानिकहरु ८ महिनादेखि संघर्षरत छन् । हालसम्म कोरोनाभाइरसबाट विश्वभर ५ लाख ७० हजार भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । साथै १ करोड भन्दा बढी संक्रमित भएका छन् ।
-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...