Saturday 14th February 2026

संखुवासभामा पहिरोले ८ घर बगायो, ४ जनाको जिवितै उद्दार, ११ जना बेपत्ता


तितोपाटी – संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका– १ बेसिन्दा गाउँमा गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा आठ घर बगाएको छ, ४ जनालाई स्थानीयवासीले जीवितै उद्धार गरेका छन् भने ११ जना बेपत्ता भएका छन् ।

पहिरामा परेर घाइते भएका गोवासिंह राई, भीमसरी राई, फुलमाया राई र भीमबहादुर राईलाई सकुशल उद्धार गरिएको छ भने राममान राई, हस्तीकुमारी राई, एन्जीला राई, नम्रता राई, गोरीमाया राई, प्रकृति राई, जुद्धबहादुर राई, उत्तरकुमारी राई, नरमाया राई, हर्कधन राई र आइतमाया राई हराइरहेको प्रहरीले जनाएको छ ।

पहिरोले राममान राई, जुद्धबहादुर राई, माने राई, जुद्धबहादुर राई, गैरी राई, नगमाया राई, सन्दीप राई, भीमबहादुर राई, शिवधन राई र हर्कधन राईको घर बगाएको प्रहरीले जनाएको छ । अविरल वर्षापछि आइतबार बिहान गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिराले बगाएको हो ।

पहिरो गएको ठाउँ जिल्लाको विकट स्थानमा रही यातायातका साधन नचलेको, पानी पर्ने क्रम नरोकिएको र बीचबाटोहरूमा स–सानो पहिरोले समेत बाटो रोकेकाले उद्धारका लागि ताम्कु तथा सिसुवाटारमा रहेको प्रहरी चौकीबाट नेपाल प्रहरी र ताम्कुमा रहेको नेपाली सेनाको टोली घटनास्थलतर्फ हिँडेको छ । थप जनशक्तिका लागि सदरमुकाम खाँदबारीबाट नेपाल प्रहरी १५, सशस्त्र प्रहरी बल १५ र नेपाली सेना ३० जना गरी ६० जनाको टोली हिँडिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १२औँ विश्व सम्मेलन, १२औँ बहुप्रतिक्षित अन्तर्राष्ट्रिय महाधिवेशन तथा वार्षिक साधारणसभा २०२५ काठमाडौंमा आयोजना गर्ने भएको…

अमेरिका र बंगलादेशबीच नयाँ व्यापार सम्झौता भएको केही घण्टामै मंगलबार भारतका प्रमुख कपडा कम्पनीहरूको सेयर मूल्यमा तीव्र गिरावट आएको छ।…

इस्फहान इरानको सबैभन्दा संवेदनशील आणविक स्थलहरूमध्ये एक हो। यहाँ युरेनियम रूपान्तरण, अनुसन्धान तथा भूमिगत संरचनाहरू रहेका छन्। विगत केही वर्षदेखि…

प्रतिकृयाहरू
...