Thursday 26th March 2026

कविताः- सरकार ! – सुशिल बस्याल


सरकार!

हेलो सरकार ! मलाई लुट्न सिकाईदे
कृषकको छोरो हु, तरकारी बिकाईदे ।

दोषीलाई लुकाएर घुस पैसा खाईस अरे
निर्मला जस्ता कैयौं नारी तड्पिएर मरे ।

निर्दोषलाई फसाउँछस बुझ्दै छौ चलखेल
तेरो लागि निर्माण भएन कुनै कानुनी जेल।

राजनीतिलाई तन्दुरी जस्तै पोल्दैछ्स
बिस्तारै आफ्ना कुरा ओकल्दैछ्स।

भ्रष्टाचार फस्टाएर कहाँ सम्म पुर्याउँछ्स
न्याय खोज्दै बसेकालाई कति कुराउँछस ।

घोषित हुन्छस् अबस्य एकदिन भनेर पाजी
गर्छस खाली घुस र भ्रष्टाचारको होडबाजी।

जनता जुटेर एकदिन न्याय खोज्ने छन
देशको लागि इमान्दारी मन्त्री रोज्ने छन ।

राष्ट्रिय स्तरको कुर्चि दौड चलेको
नेता नेता मिलेर खेल्न गएको ।

खबर आएन कसले जित्यो या हारेको
आफ्नालाई जिताउन समर्थन गरेको ।

कुर्चि तान्छस देशको लागि लड्दैनस कैले
रास्ट्रप्रेमी हु म, सत्य खोज्छु जैले ।

चम्काउनु छ देशलाई हामी सबै मिलेर
देशको रक्षा गर सरकार !काडेतार बनेर ।

सुशिल बस्याल
बगनासकाली – ८
बेलौतिखरक, पाल्पा नेपाल


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

प्रतिकृयाहरू
...