Sunday 23rd August 2026

कुवेतबाट आफ्नै खर्चमा स्वदेश फर्कनेहरूका लागि तय भयो उडान मिति


तितोपाटी-  कुवेतबाट आफ्नै  खर्चमा स्वदेश फर्कनेहरुका लागि उडान मिति तय भएको छ। नेपाल एयरलाइन्समार्फत ६ जुलाइका लागि उडान मिति तय भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।

कुवेतमा आममाफी पाएका नेपालीहरुलाई भने कुवेत सरकारले आ फ्नै खर्चमा नेपाल ल्याइदिइरहेको छ। उडान समय त्यहाँको स्थानीय समयअनुसार राती ११:२० तोकिएको छ।

कर्फ्यू बाहेकको समय बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्ममात्र हुने भएकाले समयमा विमान स्थल पुग्न दूतावासले सुझाएको छ। थप जानकारीका लागि दूतावासको वेबसाइट तथा फेसुबुक पेजमा हेर्न सकिनेछ।

नेपाली दूतवास कुवेतद्वारा जारी सूचना जस्ताको त्यस्तै

नेपाल एयरलाइन्सको उडान सम्बन्धी जरूरी सूचना ।
विभिन्न समस्याका कारण आफ्नै व्यवस्थामा नेपाल फर्कनको लागि दूतावासमा नाम दर्ता गरी नेपाल स्थित नेपाल एयरलाइन्सबाट टिकट लिएका संलग्न लिष्ट बमोजिमका व्यक्तिहरुको हुने उडान सम्बन्धमा प्राप्त हुन आएको विवरण आवश्यक जानकारीका लागि प्रकाशित गरिएको छ :

स्थान : कुवेत एयरपोर्ट टर्मिनल १ (एक )

उडान कुवेत आइपुग्ने समय: ६ जुलाइ २०२०, राती ११: २० बजे

कुवेतबाट -काठमाडौं प्रस्थान समय: ७ जुलाइ २०२०, बिहान सबेरै ००:५० बजे (मध्य रात पश्चात)

(प्रस्थान उडान नः RNA 2377/2378)

१) कर्फ्यु बाहेकको समय विहान ५ बजे देखि बेलुकी ८ बजे सम्म मात्र हुने भएकोले सो कुरालाई समेत ध्यानमा राख्दै समयमै एयरपोर्ट पुग्नु हुन अनुरोध छ।

२) अधिकतम ब्यागेज २५ किलो र ह्यान्ड ब्याग ७ किलो सुविधा पार्इने भएको समेत जानकारी प्राप्त भएको छ।

३) लकडाउनमा परेका फर्वानिया, माहबुल्ला, जिलिब आदि क्षेत्रमा बस्नेहरूलार्इ चेकिङ् हुने भएकोले पासपोर्ट र टिकट साथमा लिर्इ सुरक्षाकर्मिले मागेको अवस्थामा देखाउनु होला । यस सम्बन्धमा कुवेत सरकारका सम्बन्धित निकायलार्इ समेत जानकारी गराइसकिएको छ ।

(कुनै समस्या परे तत्काल सम्पर्कका लागि दूतावासका अरबी भाषा बोल्ने कर्मचारीहरू

क्यामिलिया, मोबाइल नम्बरः९०९०६४२२; इब्राहिमः मोबाइल नम्बरः ६६६७१५२७; मित्र बहादुर सिंजाली, मोबाइल नम्बरः ९९६८९२३१ को मद्दत लिनुहोला ।)

४) स्वास्थ्य परिक्षण लागायत प्रस्थानपूर्वको आवश्यक तयारी सम्पन्न गर्नका लागि अाज मिति ६ जुलाइ २०२० का दिन राती ९ (नाै) बजे अगाडी नै एयरपोर्ट पुगी सक्नुपर्नेछ ।
नेपाली राजदूतावास, कुवेत

मितिः २०७७।०३।२२ (तदनुसार ६ जुलार्इ २०२०)


सम्बन्धित शीर्षकहरु

हिन्दू, इस्लाम, यहूदी, बौद्ध र ख्रीष्टियन परम्पराले “ब्रह्माण्ड कसरी आयो?” भन्ने प्रश्नको एउटै उत्तर दिँदैनन्। कतै सृष्टिकर्ता परमेश्वर केन्द्रमा हुनुहुन्छ,…

गाजामा युद्धले खेलमैदान, विद्यालय र पौडी पोखरीसमेत ध्वस्त बनाइरहेका बेला Tantish Swimming Academy ले बालबालिकालाई समुद्रमै पौडी सिकाउने अभियान सुरु…

इरानी सांसदहरूले अमेरिकाको आर्थिक प्रतिबन्ध र इरानमाथि भएका सैन्य कारबाहीलाई कारण देखाउँदै परमाणु अप्रसार सन्धि (NPT) बाट औपचारिक रूपमा बाहिरिने…

प्रतिकृयाहरू
...