Thursday 14th May 2026

मुग्लानी गायक सुन्दर परियारको “पापिनिले गयाै छलेर” बोलको गीती एल्बम युटुब मार्फत बजारमा


नेपाली लोक गीत संगीतको क्षेत्रमा परदेशमा रहेर पनी सिर्जनामा तलिन गायक सुन्दर परियारको एकल आवाजमा रहेको ”पापिनी ले गयौ छलेर ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । गायकको आफ्नै युटुब च्यानल सुन्दर परियार मार्फत सामाजिक सञ्जालमा छाएको उक्त गीत मार्फत गायकले माया, प्रेम र विछोडको भावलाइ गायन मार्फत उतार्न सफल भएका छन् ।

मायालु जोडीको विरहको अवस्थालाई गीतमा समेटिएको छ । हजारौ सपना मनमा सजाएर राखेकी आफ्नी प्रेमीकालाई अर्काको अगांलोमा बाधिएको देख्नमा मनमा परेको पिडालाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । रमेश विजीको शब्द सिर्जना तथा सुन्दर परियारको लय सिर्जना गीतमा रहेको छ । प्रेमीकाको चोटमा जिवन विताउनु पर्दाको क्षणलाई गीतमा निकै मनछुने भाकामा निमार्ण गरिएको छ ।

दिपक गिरीको छायाँकन तथा अमृत चापागाईँको सम्पादन तथा एल वी जिको निर्देशन भिडियोमा रहेको छ । ”पापिनी ले गयौ छलेर ” गीतको भिडियोमा सम्झना कडेँल, आशिर प्रताप र अर्जुन कुँवरको लोभलाग्दो अभिनय रहेको छ ।

”पापिनी ले गयौ छलेर ” गीतको पुरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस ।


सम्बन्धित शीर्षकहरु

कुवेतको नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट आधिकारिक अनुमति नपाएका एयरलाइन्सहरूसँग टिकट बुकिङ वा आरक्षण नगर्न यात्रुहरूलाई चेतावनी…

नेपालको व्यस्त वसन्तकालीन आरोहण सिजन सुरु भएसँगै हिमाली क्षेत्रमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ। अधिकारीहरूका अनुसार Mount Makalu मा…

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

प्रतिकृयाहरू
...