Wednesday 16th September 2026

नेपाली जन – सम्पर्क समितीद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग


तिताेपाटी- नेपाली काङ्ग्रेस निकट नेपाली जन – सम्पर्क समितीद्वारा एक क्यान्सर पीडितलाई आर्थिक सहयोग गरिएको छ । नेपाली जन-सम्पर्क समिती कुवेतका सभापति राजेन्द्र बिरहीको संयोजकत्वमा विश्वका विभिन्न देशमा अवस्थित नेपाली जन – सम्पर्क समितीले नेपाली एक लाख पन्ध्र हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।

नेपाली काँग्रेसका पूर्ब सभापति गिरिजा प्रसाद कोईरालाको ९७ औं जन्म जयन्तीको अवसरमा बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा उपचाररत क्यान्सर पीडित सनिचरी बि. क लाई रकम सहयोग गरिएको छ । महानगरपालिका वडा नम्बर २५ निबासी क्यान्सर पिडितलाई गैर आबासिय नेपाली संघका सचिब गौरी जोशीको बिशेष सहयोगमा काँग्रेस चितवनका सचिब उत्तम जोशीले सो रकम पिडित सनिचरी बि. क को परिवारलाई हस्तान्तरण गरिएको छ ।

घाटिमा क्यान्सर भएका कारण पाँच पटक सम्म केमो चढाएर औषधि गर्न पैसाको समस्या भए पछि राजेन्द्र बिरहिको पहलमा आर्थिक रकम संकलन गरिएको हो । घरको आर्थिक अबस्था कम्जोर भएका कारण उपचार गर्नबाट बन्चित भएको बिक को परिवारले सहयोगीहरु सहयोग प्रति धन्यबाद ज्ञापन गरेको छ ।

काँग्रेस चितवनका जिल्ला तथा वडा स्तरीय बिभिन्न नेताहरुको उपस्थितिमा गरिएको सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै परिवारले सहयोग उनको उपचार सम्पन्न भईन्जेल सम्मका लागि आग्रह गरेको छ । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै काँग्रेस चितवनका सचिब जोशीले आबश्यक सहयोगका लागि काङ्ग्रेस तयार रहेको बताएका छन । नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष एबं क्यान्सर अस्पतालका नाक, कान घाँटी रोग बिशेषज्ञ डा. अनिल बिक्रम कार्कीले अस्पतालबाट हुने सहयोगका लागि सधै आँफुहरु तयार रहेको बताएका छन ।

विश्वका विभिन्न देशका नेपाली जन – सम्पर्क समिती न्युजिल्यान्ड, अमेरिका, साइप्रस, साउदी, बेल्जियम, हङकङ, आर्यरल्याण्ड, कतार, जापान, कुवेत, मकाउ, ने.ज.स.अमेरिका ल्याड़आइल्याड़ च्याप्टर उपसभापति बिनोद थापा, एनआरएनए का पुर्व अध्यक्ष डा.केशब पौडेल र एनआरएनए का सचिब गौरी जोशी लगायतबाट आर्थिक सहयोग गरिएको हो ।


सम्बन्धित शीर्षकहरु

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई २,००० पाउन्ड तौलका शक्तिशाली बमहरू उपलब्ध गराउने नयाँ हतियार सम्झौताको तयारी गरेको छ। करिब…

प्रतिकृयाहरू
...