Monday 16th March 2026

गाउँ घरका बस्तीमा बाँदरको आतंक


सुशिल बस्याल – पाल्पा जिल्ला बगनासकाली-८ बराङ्दीमा बाँदरले सताएको छ।बाँदरले आतंक नमच्चाएको कुनै ठाउँ छैन। वर्षभरी दुख सँग लगाएको खेती भित्र्याउने बेलामा बाँदरले सखाप पार्ने कुरा कुनै नौलो कुरा भएन । बादरकै कारण खेतबारी बाँझा भएका कुरा स्थानीयबासीहरुले बताएका छन। बिहान देखि साँझसम्म निरन्तर बाँदर मात्र धपाई बस्दा खान बस्नको कुनै ठेगान नरहेको र खेतबारीमा उब्जनी गरेको बाली थन्काउन नपर्ने गरि सखाप हुँदा टुलुटुलु हेरेर बस्नुको बिकल्प केही नभएको कृषक चुरामणी बस्याल बताउँछन्।

बाँदर थपाउदा दिक्दार भएका कृषकहरु खेतिबाली नलगाउने सोचमा पुगेका छन। बाँदरको समस्या कृषकहरुले बाउ बाजेका पाला देखि भोगिरहेका नै हुन ।उनीहरुको परिश्रमको मुल्य नभएको समाजमा प्रस्ट देखिन्छ । बाँदर नियन्त्रण गर्न सबै एकजुट भै लखेटेपनी १-२ दिनपछि फ़ेरि आएको कुरा केही अगुवा कृषक बताउँछन् । बाँदरहरुको बिभिन्न हुल रहेको र एक हुल धपाउदा अर्को हुल आईहाल्ने कुरा केही कृषकहरू बताउँछन् ।  पढाई र रोजगारीको लागि युबा बर्ग सबै सहर तिर गएका छन भने गाउँमा भएका वृद्धवृद्धाले बाँदरलाइ नियन्त्र गर्न सक्ने अबस्था छैन । घर भित्रै पसेर क्षति पुर्याएको छ । बाँदर मात्र नभै अन्य जनाबरहरु दुम्सी,खरायो,मृगले समेत आतंक मच्चाईराखेको अबस्था छ।

देशका धेरै जसो ठाउँमा बाँदरले सताईराख्दा सरकारले केही गर्न सकेन भनी गुनासो गरेका छन। जुन सरकार आए पनि आफ्नो दुनो सोझ्याउने तर जनताको कुरा बुझ्न सक्ने सरकार आउन सकेको छैन ।नेताहरु करोडौंको गाडी चढी सरकारी पैसा दुरुपयोग गर्न सक्ने तर बाँदरलाई नियन्त्रण गर्न प्रयास नगर्ने भनी कृषक आक्रोशित भएका छन । कृषकले धेरै गुनासो गर्दा पनि सुनुवाइ भएको छैन । बाँदरको कारण कृषिबाट निरुत्साहित भएर बस्नुपर्ने अवस्था आउँदा सम्बन्धित निकाय सबै मौन बसेका छन । बाँदरकै आतंकका कारण बसाई सराई सर्न बाध्य भएका छन । बसाई सराई बाहेक अरु कुनै विकल्प भेटिएको छैन । कृषिलाई व्यावसायिकरण गर्न बाँदर नियन्त्रण गर्नु पहिलो चरण मानिएको छ । बजेट बिनियोजनमा बाँदर नियन्त्रण कोष स्थापना गरि सहज रुपमा कृषि गर्न सकिने अवस्था सिर्जना गर्नुपर्ने देखिन्छ ।


सम्बन्धित शीर्षकहरु

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

प्रतिकृयाहरू
...