Monday 16th March 2026

पाल्पामा धानबाली लगाउने कृषक चिन्तित


सुशिल बस्याल, पाल्पा – पाल्पा जिल्ला बगनासकाली-८ बराङ्दीका कृषक चिन्तित भएका छन ।अरु वर्ष असारको अन्तिम तिर आउने वर्षा अहिले असार लाग्नासाथ आएको ठूलो वर्षाले खेत पहिरो गै बीउ पुरिंदा कृषक मारमा परेका हुन। रुखहरु ढलाउने र सडक खन्ने नाममा जथाभावी डोजर चलाउँदा आउने दिनमा के कति क्षति पुर्‍याउँछ भन्नेमा स्थानीय बासिन्दाहरु पनि सचेत नहुँदा समस्या चर्किएको हो । मानो रोपि मुरी उत्पादन हुने धान खेतीमा समस्या पर्दा किसानहरु आतंकित भएका छन।

सलह माहामारिले तर्साएको बेला फटयांग्राले ब्याड काटेर कृषकलाई थप मर्का पारेको छ। किसानले प्राविधिकको सल्लाहअनुसार विषादी प्रयोग गरे पनि फटयांग्रो नियन्त्रणमा आउन नसकेको कृषकहरुको गुनासो छ। विषादी छरेपछि केही हदसम्म ठिक भए झै देखिन्छ तर केही दिनपछि पुनः फेरि उस्तै हुँदा कृषकलाई जिबन निर्बाह गर्न समेत कठिन हुने परिस्थिति निश्चित भएको छ।

यस वर्ष सबै कृषकहरु समस्याबाट अछुतो रहन सकेनन । कृषक हरिबहादुर भुजेल भन्छन् “अरु बेला असारको अन्तिम साता तिर मुल फुट्थो,असारको सुरुमा रोपाई गर्न पानी पुग्थेन तर यस वर्ष भने सुरुमै मुल फुटेर खोला बढेर,पहिरो गै रोपाई गर्न कठिन भएको बताउनुभएको छ।अरुबेला स्थानीय धान रोप्दा यस्ता कुनै समस्या नदेखिएको तर अहिले हाईबृड अनेक नामका धानको ब्याड राख्दा रोगहरु लागेको केही अगुवा कृषकहरु बताउनुहुन्छ ।


सम्बन्धित शीर्षकहरु

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

प्रतिकृयाहरू
...