Friday 20th March 2026

तेस्रो पटक पनि सर्‍यो डेनमार्ककी प्रधानमन्त्रीको विहे


कोरोनाभाइरसका कारण संसारका धेरै मानिसका योजना पर धकेलिएका छन्। कोहीले मुस्किलका बाबजुद् पनि केही योजना पूरा गरेका छन्। तर डेनमार्ककी प्रधानमन्त्री मेट फ्रेडेरिक्सनले भने कोरोनाभाइरस र लकडाउनका कारण तीन पटकसम्म आफ्नो विवाह सार्नु परेको छ।

समाचार संस्था एएफपीका अनुसार फ्रेडेरिक्सन र उनका प्रेमी बो टेन्बर्ग हुने भनिएको विवाह पछिल्लो समय युरोपियन युनियनको बैठकका कारण सरेको हो।

आफ्नो विवाह फेरि सरेको जानकारी प्रधानमन्त्री फ्रेडेरिक्सनले आफैं फेसबुकमा लेखेर दिएकी छन्।

‘म यी गज्जबका मान्छेसँग विवाह गर्न आतुर छु,’ टेन्बर्गसँगको तस्बिर राखेर ४२ वर्षीया फ्रेडेरिक्सनले लेखेकी छन्, ‘तर यो सजिलै भइरहेको छैन। अब फेरि जुलाईमा हामीले जुन दिन विवाह गर्ने योजना बनाएका थियौं त्यही दिन ब्रसेल्समा इयू काउन्सिलको बैठकमा जानु पर्ने भयो।’

आफूले आफ्नो काम गर्नुपर्ने र डेनमार्कको हितको रक्षा गर्नुपर्ने भएकाले फेरि विवाह गर्ने मिति पर सार्नु परेको उनको भनाइ छ।

‘हामी चाँडै विवाह गर्न सक्षम हुनेछौं। म बो (जो निकै धैर्यता राखिरहेका छन्) लाई ‘यस’ भन्न आतुर छु,’ उनले लेखेकी छन्।

युरोपियन काउन्सिलका २७ राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुखको बैठक जुलाई १७ र १८ मा ब्रसेल्समा हुँदैछ। उक्त बैठक गत सातामात्र तय भएको थियो।

कोरोनाभाइरसको संक्रमण रोक्न महिनौं लकडाउन भएपछि पहिलो पटक युरोपियन युनियनका नेताहरू भौतिक रूपमा भेला हुन लागेका हुन्।बैठकका क्रममा कोरोनाले क्षति भएको अर्थतन्त्रको पुनर्उत्थान योजना र इयूको नयाँ बजेटबारे छलफल हुनेछ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...