Saturday 11th April 2026

कुवेतमा सिन्धुपाल्चोकका विश्व कुमार श्रेष्ठको मृत्‍यु


हरि कृष्ण न्यौपाने-सिन्धुपाल्चोक,स्याउले-१ घर भई लामो समय देखी कुवेतमा कार्यरत विश्व कुमार श्रेष्ठको मृत्‍यु भएको छ।उनको कुवेतको फर्वानिया अस्पातलमा उपचारकै क्रममा हिजो जुन-२४, बुधवार,२०२० का दिन मृत्‍यु भएको हो।

नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले विश्व कुमार श्रेष्ठको मृत्‍यु भएको पुष्टी भएको बताए।उनले थपे”कुवेतको एक सेक्त्यूरिटी कम्पनीबाट भागेर बिगत केही समय देखी अबैधानिक रुपमा काम गर्दै आएका श्रेष्ठको कोरोना बाहेक अन्य कारणले मृत्‍यु भएकोले उनको परिवार संग समन्वय गरेर छिट्टै शबलाई नेपाल पठाइने छ।दूताबासले सम्बन्धित निकायहरुसंग समन्वय गरेर कानुनी प्रकृया शुरु गरिसकेको छ।”

तितोपाटी डटकम संग कुरा गर्दै कुवेतमै रहेकी मृतक विश्व श्रेष्ठको श्रीमती निरु श्रेष्ठले भनिन”लामो समय देखी उहाको हात्-खुट्टा सम्म नचल्ने अवस्था भईसकेको थियो।अबैधानिक भएको कारणले धेरै पटक अस्पातल लगे पनि भर्ना गराएर उपचार गराउन सकिन।करिब ४/५ दिन पहिले मात्र नेपाली राजदूताबासको सरले आँफै आएर अस्पातल भर्न गराउनु भएको थियो, तर उहाले हामीलाई छोडेर जानु भयो।निरुले भनिन”सके सम्म छिटो उहाको शब लिएर घर जाने ब्यबस्था मिलाइदिनु होला।घरमा एक छोरा र एक छोरीको कस्तो हालत भएको होला??”


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...