भलादमी
मानिस पनि पशुको जस्तो स्वभाव राख्दछ ।
सज्जन बन्ने कहिल्यै सोच्दैन लुटेर भाग्दछ ।।
अजेय छन देशका नेता शोषण गर्दछन् ।
लोभले यहाँ आफन्त साथी कहिल्यै भन्दैनन ।।
घटिया सम्म अदेख काम गर्छन बेसरी ।
अस्लिल काम गरेको देख्दा स्वागत कसरी?
सँस्थाले पनि गर्दैनन काम सम्पती पाए पछि ।
गोष्ठीमा जादै बियर सधै निशुल्क खाए पछि ।।
पापको भारी आफैमा खसे बुझ्दछन् एकदिन ।
प्रभुले शिक्षा दिए पछि बल्ल खुल्दछ नयन ।।
पढाई पनि जिन्दगी संग च्यालेन्ज गर्दछ ।
ज्ञानको दियो बाल्दछ कस्ले, भाषण गर्दछ ।।
पढेको काम लाग्दैन फेरि बेकार पढिन्छ ।
आफन्त साथी सबै छोडी जहाज चढिन्छ ।।
आफन्त कोहि पदमा भए उज्यालो मनमा ।
समान गर्ने भेटिन्नन् कोहि, बिक्दछन् धनमा ।।
मस्तिष्क सधै निरोगी राख्न साधना बिहान ।
स्मरण केहि नरहे पछि छैन नि ईलाज ।।
मानिस स्वार्थी भएकै कारण पछाडि पर्दछ ।
छिमेकी मास्ने सपना बुन्दै अगाडि बढ्दछ ।।
एक दिन पालो आउँछ पृथ्वी गोलो नै रहेछ ।
सज्जन भन्दै घमण्ड गरी हिंड्ने पतन भएछ ।।
सुशिल बस्याल
बगनासकाली ८ बराङ्दी बेलौतीखर्क