Friday 1st August 2025

कुवेतबाट नेपाली बोकेर उडेको पहिलो जहाज नेापल आइपुग्यो


तितोपाटी – कुवेत सरकारबाट नेपालको लागि एम्नेष्टी फ्लाइट गर्ने अनुमित पाएको जजिरा एयरको पहिलो जहाज काठमाण्डाैंमा अवतरण भएको छ । १ सय ५७ जना यात्री बोकेको जजिरा एयरको जहाज नेपाली समय अनुसार बिहिबार बिहान ११ः३० बजे काठमाण्डाैं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । जजिरा एयरकाे जे ९१५४१ नम्बरको जहाज कुवेतको स्थानीय समयअनुसार बिहान ४ बजे उडेको थियो ।

गत अप्रिल २६ देखि ३० तारिक सम्म कुवेत सरकारले दिएको विशेष आममाफीको सदुपयोग गरेर कुवेत सरकारको डिपोर्टेसन सेल्टरमा रहेका नेपाली नागरिकहरूलाइ नेपाल फर्काउन नेपाल सरकारले अनुमति दिएपछि पहिलो लटमा महिला कामदारहरू आएका हुन् । दोश्रो जहाज बिहिबार दिउँसो अवतरण हुनेछ । उनीहरूलाइ बुधबार राती सेल्टरबाट विमानस्थलमा ल्याइ विमानमा चढ्नु अघि कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूको कोभिड-19 भए नभएको स्वास्थ्य परिक्षण गरिएको थियो ।

गत अप्रिल अन्तिम साता देखि डिपोर्टेसन सेन्टरमा रहेका नेपाली नागरिकहरूलाइ कुवेत सरकारको आफ्नै खर्चमा नेपाल कर्काउने भए पनि कोभिड-19 को विश्वव्यापी महामारीको कारण नेपालमा लकडाउन भएकोले उडान हुन सकेको थिएन भने नेपाल सरकारले विदेशमा अलपत्र परेका नागरिकहरूलाइ उद्दार गरि स्वदेश फर्काउने प्रकृया पुरा गरि अनुमति दिएपिछ बिहिबार उनीहरू नेपाल उत्रेका हुन् । कुवेत सरकारको सेल्टरमा जम्मा २ हजार ९ सय ९१ नेपाली रहेका छन् ।

यस अघि कोभिड–१९ संकट व्यवस्थापन समितिले कुवेतबाट पहिलो उडान गर्न मंगलबार अनुमति दिएपछि बुधबार नै उडान हुने भनिएकोमा प्राविधिक कारणले कुवेतबाट उडान हुन सकेको थिएन । सरकारले विदेशमा अलपत्र परेका अाफ्ना नागरिक स्वदेश फर्कनको लागि चार्टड उडानको अनुमति दिएपछि यस अघि म्यानमार, युएइ तथा अष्ट्रेलियाबाट करिब २ सयको हाराहारीमा नेपालीहरू स्वादेश फर्किसकेका छन् ।


सम्बन्धित शीर्षकहरु

विशेष सम्पादकिय / रवि लामिछाने प्रकरणमा नागरिक चेत, राजनीतिक षड्यन्त्र र लोकतन्त्रको परीक्षण आज नेपालको समकालीन राजनीति, कानून, पत्रकारिता र…

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवाैं राष्ट्रिय महाधिवेशन यहि ३० जुलाइ २०२५ का दिन साँझ कुवेतको साल्मिया स्थित…

काठमाडौँ–  डार्क बिन्स क्याफे तथा बरिस्ता तालिम केन्द्रले नारायण श्रेष्ठलाई जुलाइ २८ तारिख,२०२५ का दिनबाट ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। डार्क…

प्रतिकृयाहरू
...