Tuesday 20th October 2026

कुवेतबाट भोलि २ वटा फ्लाइटबाट नेपालीहरुलाइ उद्दार गरि फर्काइदै


हरि कृष्ण न्यौपाने – घर फर्किने दिन कुरेर आममाफी मार्फत कुवेत सरकारको आश्रय स्थलमा रहेका नेपालीहरुलाई भोलि जुन-१०,बुधबार,२०२० बाट फर्काइन शुरु गरिने भएको छ। भोलि जजिरा एयरको २ वटा फ्लाइटबाट स्वदेश फर्काउने क्रम शुरु हुनेछ ।
नेपाली राजदूतावास कुवेतकी सुचना अधिकारी द्वितिय सचिब जानकी ओझाको अनुसार भोलि १० जुन बुधबार जजिरा एयरको दुईवटा फ्लाइटले आममाफी मार्फत कुवेत सरकारको आश्रय स्थलमा रहेका नेपालीहरुलाई लैजाने छ।ओझाले थपिन्र -“पहिलो प्राथमिकतामा आममाफी मार्फत फर्किने तयारीमा रहेका २,९९१ जनालाई फर्काइने छ।उनीहरु सबैको नामावली र बिबरण सम्बन्धित निकायलाई बुझाई सकिएको छ।सहजताको लागि दूतावासले अबाश्यक समन्वय गरिरहेको छ।आममाफी मार्फत फर्कनेहरुलाई निशुल्क स्वास्थ्य परिक्षण र निशुल्क उडानको ब्यबस्था कुवेत सरकारले गर्ने छ।

यसै गरि अन्य बिबिध कारणले घर फर्कनै पर्ने करिब ४००० नेपालीहरुले राजदूताबासको फर्म भरेको ओझाले बताईन।उनले थपिन”दिन-दिनै घर जान पाउँ भन्नेहरुको संख्या बढिरहेको छ।पहिलो चरणमा आममाफी मार्फतका कामदारहरुलाई फर्काइए पछि दोश्रो चरणमा अन्य कामदारहरुलाई प्राथमिकताको आधरमा फर्काइने छ।दोश्रो चरणमा फर्काइनेहरु कुन उडानबाट, कति भाडामा जाने र उनिहरुको स्वास्थ्य परिक्षणको प्रकृया पनि अझै निश्चित भैसकेको छैन।”

कुवेतबाट फर्काइने शबका बारेमा ओझाले भनिन”उनीहरुको मृत्यु भएको मितिका आधारमा र मृतकको परिवारहरुको समन्वय हुनसक्ने स्थितिको आधारमा दैनिक हुने फ्लाइटमा पठाइने तयारी गरिरहेका छौ।”


सम्बन्धित शीर्षकहरु

पश्चिम अफ्रिकी देश माली को पूर्वी मेनाका (Ménaka) क्षेत्रमा इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध उग्रवादी समूहले गरेको भीषण आक्रमणमा कम्तीमा…

अफ्रिकी मुलुक सुडानमा पछिल्ला केही दिनयता भएका ड्रोन आक्रमणहरूमा १६० भन्दा बढी मानिसको ज्यान गएको छ। चिकित्सक र मानवअधिकार समूहहरूले…

काठमाडौं महानगरपालिकाले नेपाली चलचित्र क्षेत्रको प्रवर्धन, स्थानीय रचनात्मक उद्योगको विकास र समुदायसँग चलचित्रलाई जोड्ने उद्देश्यसहित कात्तिक १३, १४ र १५…

प्रतिकृयाहरू
...