Monday 16th March 2026

अन्तराष्ट्रिय झापाली समाजद्वारा झापाका स्थानीय तहलाई एक/एक सय भिटिएम किट प्रदान


तितोपाटी – अन्तराष्ट्रिय झापाली समाजले कोरोना परीक्षणका लागि झापाका विभिन्न पालिकालाई थ्रोट स्वाब संकलनमा आवश्यक पर्ने भाइरल ट्रान्सपोर्ट मिडियम भिटिएम किट उपलब्ध गराएको कुरा झापाली समाज कुवेतका महासचिव प्रसाद तिम्सिनाले तितोपाटी डट कम लाइ जानकारी दिएका छन् ।

समाजका उपाध्यक्ष नवीन पोखरेल सहितको टिमले ‘एकका लागि एक’ अभियानसंग सहकार्य गर्दै प्रत्येक पालिकालाई १/१ सय थान किट उपलब्ध गराएको हो । समाजले झापाका १५ वटै स्थानीय तहलाई एक/एक सय किट प्रदान गर्ने बताइएको छ ।

कन्काइ, विर्तामोड तथा अर्जुनधार नगरपालिका एवं हल्दिबारी गाउँपालिकामा भिटिएम किट वितरण गरि सकेको समाजले शनिवार वुद्धशान्ति,भद्रपुर, कचनकवल,वाह्रदशी, झापा, गौरादह र गौरीगञ्जलाई किट हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताएको छ । कार्यक्रममा “एकका लागि एक” अभियानका सह संयोजक विनोद वस्नेतले समेत अभियानको विषयमा प्रकाश परेका थिए ।

समाजले भिटिएम किट उपलब्ध गराउँदै झापामा कोरोना परीक्षण ल्याव स्थापनाका लागि समेत सहयोग पुर्याउने जनाएको छ । समाजका उपाध्यक्ष पोखरेलले विगतका वर्षदेखि नै अन्तराष्ट्रिय झापाली समाजले विभिन्न सामाजिक कार्य गर्दै आएको र विपद्को क्षणमा समेत यस अघि पनि उद्धार गर्दै आएको समाजले यस पटक झापामा कोरोना परीक्षणका लागि भिटिएम किट अभाव भएसंगै किट उपलव्ध गराएको बताएका छन् ।

कानकाई नगरपालिका प्रमख राजेन्द्र कुमार पोखरेललाई किट हस्तान्तरण गर्दै उनले विभिन्न ४० देशमा अन्तराष्ट्रिय झापाली समाजको शाखा रहेको र नेपालमा रहेका नेपाली दाजुभाईलाई कोरोना परीक्षणका लागि सहजता होस् भन्दै आफूहरुले सहयोग उपलब्ध गराएको बताएका छन् । २०७३ सालमा स्थापना भएको समाजले पछिल्लो समय झापामा ‘एकका लागि एक’ अभियानले ल्याव स्थापना गर्ने कार्यक्रममा समेत सहभागीता जनाउँदै आगामी दिनमा झापामा कस्ता – कस्ता सामग्री आवश्यक पर्छ सहकार्य गर्न अन्तराष्ट्रिय झापाली समाज तयार रहेको बताएका छन् ।

भिटिएम किट ग्रहण गरेका स्थानिय निकायका प्रतिनीधिहरूले अहिलेको विषम् परिस्थितिमा संघीय सरकारले समेत पर्याप्त किट उपलब्ध गराउन नसकिरहेको अवस्थामा विदेशमा रहेका नेपालीले भिटिएम किट उपलब्ध गराइ ठूलो सहयोग गरेर गुन लगाएकोमा अन्तर्राष्ट्रिय झापाली सबैले मुक्तकण्ठले प्रशंसा गर्दै समाजले विपदको क्षणमा देखाएको सामाजिक कार्य अहिलेको यो अवस्थामा आफू बाँचिन्छ कि मरिन्छ भन्ने अवस्थामा अरुलाई रोगमुक्त बनाउन थालिएको अभियान राम्रो भएको बताएका छन् ।

किट हस्तान्तरणका लागि बीरता जेसीजका अध्यक्ष मिजास पोखरेल, वीरता जेसीजका महासचिव विकास बस्नेत ,सामाजिक अभियन्ता शिव कडेल,रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष कुमारमणि पोखरेल, भिष्म ओली, भिम पोखरेल लगायत सहभागी थिए ।


सम्बन्धित शीर्षकहरु

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

प्रतिकृयाहरू
...