Wednesday 25th March 2026

“बिचरा भित्ताहरु” -राम भण्डारी


“बिचरा भित्ताहरु”
-राम भण्डारी

यो भित्ता जस्ले जे लेख्दा पनि हुने
छैन यादमा मन, सञ्जालको होस् वा
बाटाका दायाँ बायाँ ।

गोधुली साँझ,मात्तिएको बेला वा
बत्ती मुनिको छायाँ
भैरवको बाहनलाई पनि
घुमीघुमी लेख्नु पर्ने रे त्यहाँ ।

राम्रा-नराम्रा लेख्दै अनि फेरी मेट्दै
पर्व झैं चल्छन् जहाँ
न कोरिएका, पोतिएका
सफा र शान्त भित्ताहरु छन् कहाँ ।

सुखमा लेखिए दुःखमा पनि पोतिए,
खाली लिईन्छ फाइदा यहाँ
चित्कार देख्छ कस्ले,
सुन्छ र नाथे भित्ताको मायाँ ।

ठोक्दै भाला,किला
बिचरा भित्तालाईबिझाई मनमा काँडा
च्याति धर धर भित्ताहरु
लिई गए झिकेर भरेका भाँडा ।

भित्ता मनको वा बनको केहि बोल्दैन
सहिरहन्छ बिषको कुवा
खाली गर्दछ महसुस
भित्रै जलि जलि देखिन्न कतै धुवाँ ।


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...