Tuesday 13th January 2026

गजल – सिर्जना पाण्डे (सिरु)


यही जिन्दगी हो रहरमा जलेको ।
बनी लास जस्तो बगरमा जलेको ।

कतै सोध्नु तिम्रो झनै मुर्खता हो
त्यसैले त उस्तै शहरमा जलेको ।

कसैले तिमी संग मेरो भनेर
थियो साथमा त्यै नजरमा जलेको ।

छ आफ्नो भनेको सधै दु:ख पीडा
रहेछौ नबुझ्ने अधरमा जलेको ।

म पर्खेर बस्ने गरेको छु बाचा
सुनेको छु मैले जहरमा जलेको ।

सिर्जना पाण्डे (सिरु)
चितवन
हाल – नेपाल बाहिरी


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...