Tuesday 13th January 2026

“पैसा” -राम भण्डारी


“पैसा”
-राम भण्डारी

यो कस्तो बनायौ कागजै हो चिन्यौं
छ नी यो अचम्मको
“पैसा”नाम हो यसको चर्तिकला देखाउछ अजङ्गको
नभै पनि नहुने, धेरै भए सुख नदिने भाव जन्माउँछ दम्भको ।

जो संग धेरै छ, थोरै हुनेलाई
देख्दैन राम्रो ढंगको
भन्छन् कसैले जे चाह्यो आर्जिन्छन्
गलत अर्थ अचम्मको ।।

उचित प्रयोग नगर्दा यसलाई ख्याल राख्नु ईज्जतको
जोगी, रोगी,भोगी सबलाई चाहिने फेरिन्छ सबै रङ्गको
यसकै लागि बिदेशियौं
थाँती राखि नाता देश संगको ।।।

जाँगर साटियो,पसिना बेचियो यसकै लागि सपना पनि भंग भो
वर्षौ बित्यो परदेशमा बिरानो भयो काख बुवा आमाको
खुसीले हैन यो दुःख बहुत थियो व्यबहार घरसम्मको
संसारकै सबभन्दा बलियो रहेछ यै पैसा भन्ने बस्तु पो
सहजै अनुमान नगरौ यहि पैसालाई गहिराइमा बुझ्ने को?


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...