Wednesday 25th March 2026

कविताः “विनाशकारी काेराेना”


“विनाशकारी काेराेना”
-राम भण्डारी

हर प्रहर मानव विनाशकारी पापीको समाचार सुन्नु पर्ने ।
ह्दय बिदारक घटनामा यसका ताण्डव कति हेर्नु पर्ने ।।

करोडौं ढाल्यो, लाखौं खायो, धेरै छन् दोसाँधमा उठ्नुपर्ने ।
जो जहाँ थियो त्यही छन् जगसारा रोकिए कहाँ कहाँ पुग्नु पर्ने ।।

के उच्चारण गरौ यो पापीलाइ दुःखी मनले कोभिड१९ भन्नु पर्ने ।
विनाश जब सम्झिन्छु यसको नाम त हँडीघोप्टे हुनु पर्ने ।।

शरीर भैदिए कोरोनाको दाँतै झर्ने गरि मुखैमुखैमा हान्नुपर्ने ।
अनगिन्तीको प्राण लियो निर्मोहीले पाताकसी लडाउनु पर्ने ।।

आवेग छ हरेक मन मनमा घृणाको द्वेष छ शुलि चढाउनु पर्ने ।
पापी को ज्यादती विरुद्ध अब जनचेतना बढाउनु पर्ने ।।

फेरिएको यसको चर्तिकला सबैलाइ जानकारी गराउनु पर्ने ।
गर्दै हातेमालो निर्मुल पारी बनाइ खरानी डढाउनु पर्ने ।।

आशाका डोरी बाट्न सक्छ भनेपनि ठाउँमा ठाउँमा चुडाउँनु पर्ने ।
असत्तिलाइ जनम-जनम नफर्कने गरी उडाउनु पर्ने ।।
यो विनाशकारी कोरोनालाइ सात्तो पनि नफर्कने गरी उडाउनु पर्ने।।।


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...