Tuesday 13th January 2026

कविताः “विनाशकारी काेराेना”


“विनाशकारी काेराेना”
-राम भण्डारी

हर प्रहर मानव विनाशकारी पापीको समाचार सुन्नु पर्ने ।
ह्दय बिदारक घटनामा यसका ताण्डव कति हेर्नु पर्ने ।।

करोडौं ढाल्यो, लाखौं खायो, धेरै छन् दोसाँधमा उठ्नुपर्ने ।
जो जहाँ थियो त्यही छन् जगसारा रोकिए कहाँ कहाँ पुग्नु पर्ने ।।

के उच्चारण गरौ यो पापीलाइ दुःखी मनले कोभिड१९ भन्नु पर्ने ।
विनाश जब सम्झिन्छु यसको नाम त हँडीघोप्टे हुनु पर्ने ।।

शरीर भैदिए कोरोनाको दाँतै झर्ने गरि मुखैमुखैमा हान्नुपर्ने ।
अनगिन्तीको प्राण लियो निर्मोहीले पाताकसी लडाउनु पर्ने ।।

आवेग छ हरेक मन मनमा घृणाको द्वेष छ शुलि चढाउनु पर्ने ।
पापी को ज्यादती विरुद्ध अब जनचेतना बढाउनु पर्ने ।।

फेरिएको यसको चर्तिकला सबैलाइ जानकारी गराउनु पर्ने ।
गर्दै हातेमालो निर्मुल पारी बनाइ खरानी डढाउनु पर्ने ।।

आशाका डोरी बाट्न सक्छ भनेपनि ठाउँमा ठाउँमा चुडाउँनु पर्ने ।
असत्तिलाइ जनम-जनम नफर्कने गरी उडाउनु पर्ने ।।
यो विनाशकारी कोरोनालाइ सात्तो पनि नफर्कने गरी उडाउनु पर्ने।।।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

प्रतिकृयाहरू
...