Tuesday 13th January 2026

गजल -कृष के. सी. “किस्मत”


न फर्किन सकिन्छ न त पर्खिन सकिन्छ।
परदेशमा बस्न यसरी कति दिन सकिन्छ।।

आज आफ्नै देश सकिन लागि सक्यो,
हिजो भनिन्थ्यो कोरोनाले चीन सकिन्छ।।

युवा अरब गएर देश चलेको हो, नेताज्यु !
के आज हाम्रो पीडा सुन्न एकछिन सकिन्छ।।

सबै युवा संगै फर्काउने वाताबरण बन्दैन,
देशले चाहे समस्या परेका फर्किन सकिन्छ।।

एक पत्रकारले अस्पताल बनाउने देशमा
भ्रष्टाचार नगरी नेता पनि बदलिन सकिन्छ।।।

कृष के. सी. “किस्मत”
गुल्मी, तम्घास
हाल – मरुभूमिको देश


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

प्रतिकृयाहरू
...