Tuesday 13th January 2026

जातिय विभेद -तारा अर्याल


जातिय बिभेद
-तारा अर्याल

उनै दलितको मिहिनेत अनि तरबार राम्रो
उनै दलितले कुदेका घरबाट राम्रो
रगत सबैको रातो हुन्छ तर,
कतिपय महोदय ज्यु हरु भन्नू हुन्छ
तेरो भन्दा मेरो जात अनि घरवार राम्रो ।

धोती चोली चाहिन्छ अरे पुजा आज गर्दाखेरी
सेतो कोरा पहेंलो कात्रो खोज्दै हिन्छन मर्दाखेरी
तर कुन जातले सिलाएको भनेर सोध्दैनन् यहाँ
स्वार्थी छ संसार हाँसेर हेर्छन अर्कोलाइ दुख पर्दाखेरी।।

काधमा झन्डा सिरमा टोपी खुन सोध्दैनन्
मन्दिरको गजुर ब्राह्मणले लगाएको धोती सोध्दैनन्
अनि भजन कृतनमा गुन्जियेको धुन सोध्दैनन् ।।।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

प्रतिकृयाहरू
...