Tuesday 21st July 2026

कुवेतमा २० लाख विदेशी घटाउन पर्ने दवाब


तोयानाथ उपेक्षित, कुवेतमा डेमेग्राफिक ईम्ब्यालेन्स अर्थात जनसंख्याको सन्तुलन मिलाउन २० लाख विदशीहरुको संख्या घटाउन सांसदहरुले दवाव दिएका छन र त्यसका लागि कानूनको मसौदा शुरु गरिएको छ ।

कुनै पनि देशको जनसँख्या भन्दा विदेशीहरुको संख्या धेरै हुनुलाई राम्रो मानिदैन जसले स्थानिय जनसंख्यासँगको सन्तुलनको अभावमा विभिन्न खालका समस्या निम्त्याउने गर्दछ । यस कुरामा कुवेतका सांसदहरु कोरोनाको कहर पछि जागेको जस्तो देखिन्छ । उनीहरुले कुवेतीहरुको जनसंख्या भन्दा धेरै बाहिरी विश्वका मानिसहरुको संख्या हुन नहुने आवाज बुलन्द गरेका छन ।

कुवेतमा अहिले उनीहरुको जनसंख्या १४ लाख रहेको छ भने बाहिरी विश्वका मानिसहरुको संख्या ३४ लाख रहेको छ । यहाँ विदेशी समेत गरेर २८ लाख भन्दा धेरै हुन नहुने उनीहरुको धारणा छ । यस हिसावले हेर्दा २० लाख मानिस घटाउन पर्ने हुन्छ । सांसदहरुले एक तथ्यांक प्रस्तुत गर्दै सवै भन्दा धेरै जनसंख्या रहेको भारतीयहरुलाई ८ लाख बाट २ लाख १० हजारमा झार्न पर्ने बताएका छन । यसरी नै ५ लाख ५० हजार रहेका ईजिप्सियनहरुको साईज १ लाख ४० हजारमा सिमित गर्न माग गरेका छन ।

कुवेतमा भारतीय नागरिकहरु १५ प्रतिशत, ईजिप्सियनहरु १२ प्रतिशत, फिलिपिनो र श्रीलंकन मिलाउदा १० प्रतिशत रहेका छन । यसरी नै बंगलादेशी, पाकिस्तानी, नेपाली र भियतनामी सरदर ५ प्रतिशतको हाराहारीमा रहेको बताएका छन । उल्लेखित देश बाहेक संसारका अरु सवै देशका संख्या ३ प्रतिशत रहेको छ ।

आजै ६ क्याविनेट मन्त्री र ३२ सांसद सहितको बैठकमा आगामी ३० तारिक पछाडी जनजीवनलाई सामान्य अवस्थामा कसरी फर्काउने भनेर उनीहरु बीच घनिभुत छलफल चलेको थियो । कोरोना नियन्त्रणमा आउन कठिन हुनको मुख्य कारण अधिक आवादी भएको उनीहरुले निश्कर्ष निकालेका थिए । एउटा कोठामा १५ देखि २० जना सम्म मानिसहरु कोचिएर बसेको पाईएको कुरा त्यहाँ उठेको थियो ।

कुवेतमा कोरोनाको प्रकोप पाँचौ चरणबाट ओरालो झरेर चौथो तथा तेश्रो स्टेजमा आएको पनि उनीहरुको निश्कर्ष थियो । यस अवस्थालाई काबुमा लिन अब को रणनिती के हुने भन्नेमा व्यापक चर्चा भएको स्थानिय मिडियाले उल्लेख गरेका छन । जसअनुसार अफिसहरुमा ५० बर्ष नाघेका कुवेतीहरुलाई काम मा जान रोक लगाईने भएको छ । कार्यलयमा बस्दा टेवलहरु एकबाट अर्काको दुरी कम्तिमा २ स्क्वायर मिटर हुन पर्ने भनिएको छ । मास्कको अनिवार्य प्रयोग र अफिसमा खानपानमा पूर्ण प्रतिबन्ध लगाईनेछ ।

बैठकले कोरोनाको मुख्य सेन्टरको रुपमा महावुल्ला, फरवानिया, जीलिप, खैतान, मुर्गाव र विनायद अलगार लाई विशेष रुपमा निगरानी र सर्तकता अपनाउने क्षेत्रका रुपमा लिएको छ । आंशिक कफर्यु कति बेला देखि कति बेला सम्म लगाउने ? र हट स्पोट भनिएका ति क्षेत्रहरुमा कस्तो निति नियम लागु गरिने भन्ने कुरा भोली सार्वजनिक गरिने भएको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी ठगी तथा गुनासोको सुनुवाइलाई सहज बनाउन 'उजुरी तथा मुद्दा व्यवस्थापन प्रणाली' सञ्चालनमा ल्याएको छ।…

संयुक्त राष्ट्रसंघले मौरिटानियाको तट नजिक गत साता भएका समुद्री दुर्घटनामा १४४ शरणार्थी तथा आप्रवासी मृत वा बेपत्ता भएको जनाएको छ।…

इटालीको बोलोन्या सहरमा मोरक्को मूलका अब्देररहिम फाकिरको प्रहरी नियन्त्रणका क्रममा मृत्यु भएपछि न्यायको माग गर्दै हजारौँ मानिसले प्रदर्शन गरेका छन्।…

प्रतिकृयाहरू
...