Wednesday 25th March 2026

कवितः “कस्ता मानव”


“कस्ता मानब”
-राम भण्डारी

कस्ता मानव हुन् यस्ता मानवता नभएका ढुङ्गाहरु ।
कहाँ गयो भाईचारा बुझेर पनि केही नजानेका बुङ्गाहरु ।।

कसैलाई गन्तव्य पुग्नै नदिइ तलाउमै डुबाउने दुष्ट डुङ्गाहरु
के दोष थियो र अबोधहरुको ज्यानै लियौ कुलङ्घार लफङ्गाहरु ।।

सन्ततिको खुसी अनि समय सँगै नझुक्ने, अबुझ, भुत्ते बाङ्गाहरु
माया गर्नु यदि पाप हो भने, अधिकार छैन बाँच्ने,धर्ती छोड नङ्गाहरु ।।

मनमुटु एकै थिए,साथ दौंतरीको,मायालु लाई लिन गए तरी जङ्घारहरु
सुन्दा मुटु काँप्छ सबको गाउँ भरि हतियारको दङ्गाहरु ।।

लखेटिए, पिटिए, काटिए कति घाइते भए कलिला फूलका थुङ्गाहरु
ज्यान बचाउन भाग्दा भाग्दै गुहार-गुहार भने नदेख्ने ति अन्धाहरु ।।

जातभातको खाडल खन्ने, तँ सानो जात मै ठुलो हुँ भन्ने गङ्गाहरु
होस् गर्नु, सतर्क हुनु, चुँडिनेछन् कु-चक्रका चङ्गाहरु ।।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...