Tuesday 13th January 2026

कवितः “कस्ता मानव”


“कस्ता मानब”
-राम भण्डारी

कस्ता मानव हुन् यस्ता मानवता नभएका ढुङ्गाहरु ।
कहाँ गयो भाईचारा बुझेर पनि केही नजानेका बुङ्गाहरु ।।

कसैलाई गन्तव्य पुग्नै नदिइ तलाउमै डुबाउने दुष्ट डुङ्गाहरु
के दोष थियो र अबोधहरुको ज्यानै लियौ कुलङ्घार लफङ्गाहरु ।।

सन्ततिको खुसी अनि समय सँगै नझुक्ने, अबुझ, भुत्ते बाङ्गाहरु
माया गर्नु यदि पाप हो भने, अधिकार छैन बाँच्ने,धर्ती छोड नङ्गाहरु ।।

मनमुटु एकै थिए,साथ दौंतरीको,मायालु लाई लिन गए तरी जङ्घारहरु
सुन्दा मुटु काँप्छ सबको गाउँ भरि हतियारको दङ्गाहरु ।।

लखेटिए, पिटिए, काटिए कति घाइते भए कलिला फूलका थुङ्गाहरु
ज्यान बचाउन भाग्दा भाग्दै गुहार-गुहार भने नदेख्ने ति अन्धाहरु ।।

जातभातको खाडल खन्ने, तँ सानो जात मै ठुलो हुँ भन्ने गङ्गाहरु
होस् गर्नु, सतर्क हुनु, चुँडिनेछन् कु-चक्रका चङ्गाहरु ।।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

प्रतिकृयाहरू
...