Monday 13th October 2025

गजल -तिलाचन बस्याल


गजल
-तिलाचन बस्याल

उपहार दिनेले नै अनुमान दिएको छ ।
हाम्रो जनसंख्याले सन्तान दिएको छ ।।

माग्दैछ बगैचा के उन्मुक्ति महँगोमा?
सस्तो फलले बाँच्ने वरदान दिएको छ ।।

घाँटी पनि काट्ने हो भन्दैछ कसैलाई
भुत्ते खुकुरी यस्तो पहिचान दिएको छ ।।

पक्कै अब वैधानिक बन्नेछ चुनौती यो
चट्याङले ढोकामा मुस्कान दिएको छ ।।

खोज्दैछ स्वयं धर्ती सामर्थ्य बिहानीमा
उपनाम भने उसले अन्जान दिएको छ ।।

स्याङ्जा, नेपाल
हाल-कुवेत ।


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...