Tuesday 13th January 2026

कविताः परदेशीको ब्यथा -एस. के. चौलागाई


-एस. के. चौलागाई

पासपोर्टको पानामा भिसा लगाउँदै परदेशमा आको छु
गाउँ घर साथी भाइ परिवार छोडी रुदै बस्नी भाको छु।।

इराकको छेउमा बसेको छु पड्की रहन्छ सधैं गोली
कुन दिन मरिन्छ बिरानो ठाउँमा एक शब्द नै बोली।।

अरु को देसमा बसेको छोरा आउँछ भन्ने हुन्न आस
बाँचे त फर्केर आउँला मरे भने आउनेछ नत्र लास।।

साहुले घरमा आएर बिहान पैसा लेउ भन्दै कराउँछ
त्यस्तो कुरा परदेशमा बसेर सुन्दा झन होस हराउँछ।।

धन कमाउन काम गर्छु दिन रात चर्को घाममा पनि
पैसा कमाई खुसी हुँदै आफ्नै घरमा फर्किन्छु भनी।।

गाउँका सबै विदेश जाँदा मलाई पनि भयो रहर
बाबा आमा घरकी श्रीमती बाल बच्चा रुन्छ धर धर।।

सिन्धुली, नेपाल
हाल: मरुभुमि कुवेत


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

प्रतिकृयाहरू
...