Wednesday 25th March 2026

गजल -तारा अर्याल


##गजल##
तारा अर्याल

पीडा लुकाई हाँसेर कौडी किन्दैछु आमा।
रगत पसिना साटेर कौडी किन्दैछु आमा।।

परदेशी जिन्दगी केही ठेगान नहुँदो रहेछ
मुटु मुठिमा राखेर कौडी किन्दैछु आमा।।

बा-आमा र मान्यजनको आषिर्वाद पाई
देवी देवता भाकेर कौडी किन्दैछु आमा।।

पल पल सम्झना आउँछ घरको के गर्नु?
यादहरू ति भुलेर कौडी किन्दैछु आमा।।

चिर्नु छ यो”पुष्प”ले साहुका तिखा बचन
घरको दुःख सम्झेर कौडी किन्दैछु आमा।।

विरानो मुलुकबाट


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...