Tuesday 13th January 2026

गजल -तारा अर्याल


##गजल##
तारा अर्याल

पीडा लुकाई हाँसेर कौडी किन्दैछु आमा।
रगत पसिना साटेर कौडी किन्दैछु आमा।।

परदेशी जिन्दगी केही ठेगान नहुँदो रहेछ
मुटु मुठिमा राखेर कौडी किन्दैछु आमा।।

बा-आमा र मान्यजनको आषिर्वाद पाई
देवी देवता भाकेर कौडी किन्दैछु आमा।।

पल पल सम्झना आउँछ घरको के गर्नु?
यादहरू ति भुलेर कौडी किन्दैछु आमा।।

चिर्नु छ यो”पुष्प”ले साहुका तिखा बचन
घरको दुःख सम्झेर कौडी किन्दैछु आमा।।

विरानो मुलुकबाट


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

प्रतिकृयाहरू
...