Tuesday 13th January 2026

झुटो कसम किन खायाै ? -तारा अर्याल


झुटो कसम किन खायौ ?
-तारा अर्याल (बिरानो देश )

बहार बनी आयौ तिमी पहिलो पल्ट जिन्दगीमा ।
एस्तै एस्तै हुने रहेछ दुइ मुटुको पिरतीमा ।।

नजिक-नजिक आयौ तिमी मुस्कान छर्दै आयौ
धर्ती साक्षी राख्छु भन्थ्यौ झुटो कसम किन खायौ?

मुस्कान छर्दै हिड तिमी मनमा पीडा भए पनि
एकै पटक मुस्कुराइदेउ पराइ बनी गए पनि ।।

मुस्कान छर्दै नजिक आउँथ्यौ पराइ बनी टाढा बन्यौ
धर्ती साछी राख्छु भन्थ्यौ झुटो कसम किन खायौं ?

एकल यात्री बन्नु पर्दा यात्रा मोड्न खोजेकी छु
मन मन्दिरको तरेलिमा तिम्रै मुहार रोजेकी छु ।।

मेरो हाँसो खुसी लुटि तिमी आज कहाँ गयौ
धर्ती साछी राख्छु भन्थ्यौ ,झुटो कसम किन खायौं ?

जनम जनम जिन्दगीमा भुल्ने छैन तिम्रो साथ
छट्पटी मै बिताएछु तिमी बिना सुनसान रात ।।

पानी बिनाको माछा सरि तिमीले मलाई पारी गयौ,
धर्ति साछी राख्छु भन्थ्यौ, झुटो कसम किन खायौं ?


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

प्रतिकृयाहरू
...