Wednesday 25th March 2026

झुटो कसम किन खायाै ? -तारा अर्याल


झुटो कसम किन खायौ ?
-तारा अर्याल (बिरानो देश )

बहार बनी आयौ तिमी पहिलो पल्ट जिन्दगीमा ।
एस्तै एस्तै हुने रहेछ दुइ मुटुको पिरतीमा ।।

नजिक-नजिक आयौ तिमी मुस्कान छर्दै आयौ
धर्ती साक्षी राख्छु भन्थ्यौ झुटो कसम किन खायौ?

मुस्कान छर्दै हिड तिमी मनमा पीडा भए पनि
एकै पटक मुस्कुराइदेउ पराइ बनी गए पनि ।।

मुस्कान छर्दै नजिक आउँथ्यौ पराइ बनी टाढा बन्यौ
धर्ती साछी राख्छु भन्थ्यौ झुटो कसम किन खायौं ?

एकल यात्री बन्नु पर्दा यात्रा मोड्न खोजेकी छु
मन मन्दिरको तरेलिमा तिम्रै मुहार रोजेकी छु ।।

मेरो हाँसो खुसी लुटि तिमी आज कहाँ गयौ
धर्ती साछी राख्छु भन्थ्यौ ,झुटो कसम किन खायौं ?

जनम जनम जिन्दगीमा भुल्ने छैन तिम्रो साथ
छट्पटी मै बिताएछु तिमी बिना सुनसान रात ।।

पानी बिनाको माछा सरि तिमीले मलाई पारी गयौ,
धर्ति साछी राख्छु भन्थ्यौ, झुटो कसम किन खायौं ?


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...