Tuesday 13th January 2026

गजल -राज श्रेष्ठ


-राज श्रेष्ठ

हराभरा सम्बृद्ध रुख धमिराले टोकेर सकेको हो।
जनतालाई गरिबीले देशलाई कपुतले लुटेको हो।

म नेपाली हुँ भोक र दुःख सहने आदत छ मलाई,
सरकार, मेरो मन त तिम्रो बेवास्ताले दुखेको हो।

आमा, अन्तिम पलमा पनि तिम्रो मुहार हेर्न पाईन,
तिम्रो यो छोरा धापिदै सिमासम्म आईपुगेको हो।

हिजो सम्म उ गर्व गर्थ्यो म वीर गोर्खाली हुँ भनेर,
आज भोकबाट बच्न उसले आत्महत्या गरेको हो।

महोदय, सत्ताधारी र बलात्कारीमा के भिन्नता छ?
एउटाले आमा, अर्कोले छोरीलाई लुटेर हाँसेको हो।

हेटौंडा, नेपाल
हाल – कुवेत।


सम्बन्धित शीर्षकहरु

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

प्रतिकृयाहरू
...