रहर मेरो हैन आमा, परदेशमा एक्लै हुने ।
इच्छा थियो तिम्रो काखमा दुःख पोख्दै सङ्गै रुने ।।
सोध्छन् होला सङ्गिसाथी तिम्री छोरी खैत भन्दै
परदेशमा छ भन्दिनु बसेकी छु दिन गन्दै ।।
दुःख गर्नु पर्छ आमा परदेशमा मरिमरी
मन बुझाउने गर्छु आमा फोन गरेर घरी घरी ।।
धेरै सत्तुर थिए मेरा, साथमा कोहि न हुँदा नि
बल्ल खाइ भन्लान् फेरि न सुनाउनु म रुदा नि ।।
तारा अर्याल
हाल बिरानो मुलुक