Tuesday 10th March 2026

खाडीका नेपालीहरू- रोगले मर्ने कि घर जान नपाएको पिरले


तितोपाटी- विडम्बना! कुवेतमा कार्यरत नेपाली श्रमिकहरू रोगको कहर र घर फिर्न नपाएको जहरले अनाहकमा आफ्नो ज्यान गुमाइरहेका ताजा उदाहरण छन ।

कोरोना भाइरसको महामारीले बिश्व आक्रान्त छ।त्यसबाट नेपाली पनी अछूतो रहने कुरै रहेन र कोरोना भाइरसको कारणले आगामी बिश्वको आर्थिक, सामाजिक,र संरचनाहरूनै फेरबद्धल हुने निश्चित छ।

यो मरुभूमिमा यस्तो लग्दैछ सानो शरीरलाई बढेमानको पहाडले थिच्न थालेको छ। नेपाल सरकारले भने केही उद्धारमा चासो दिएको जस्तो मलाई लाग्दैन। चासो दिने पनी किन र केका लागी? राष्ट्रिय स्वार्थको लागी इतिहास बोकेको भए , त्याग गरेका भए कुरा मिलिसकेको हुन्थ्यो, बिश्वमा कोरोना कहर उर्लिएको बेला ध्यान कुर्सीको छिनोफानोमा हुन्छ भने ती तमाम त्याग के का लागी थिए। त्यसो त बिश्वको विभिन्न देशहरु बाट संचालित (श्रमिक संजाल) नामक संस्थाले घर जान पाऊँ भन्ने अभियान नै चलाएको छ। सोही अभियानले भने केही प्रभाव परेको देखीन्छ। बेला बखत देशका नेताहरूले सोही अभियानलाई जोडेर प्रतिनिधीसभामा कुरा उठाएको पनी देखीन्छ। अझ गत हप्ता पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कोंग्रेसका नेता गगन थापाले, विदेशमा अफ्ठ्यारोमा परेकाहरूलाई उद्धार गर्न माग गर्दै सार्वजनिक महत्वको प्रस्तावनै दर्ता गरेका थिए।

अहिले कुवेतमा रहेका अप्रवासी र गैरअप्रवासी मानिषहरु आफ्नो घरभित्रै ‘लकडाउन’ भएका छन् । कुवेत देशले अन्तर्राष्ट्रिय उड्डयन बन्दमात्र गरेका छैन कि सपिंग महल, सुपरमार्केट , र रेष्टुरेण्टहरु समेत पूरै बिगत १५ दिन यता ठप्प भएका छन् ।

मुख्य संक्रमण भएको चीनको वुहान क्षेत्र पछिल्लो समय नियन्त्रणमा आएको अवस्थामा अन्य देशहरुमा यो भाइरस बढ्न थालेको कारण विश्व नै आतंकित अवस्थामा पुगेको छ ।
नेपाल सरकार द्वारा कोरोना नियन्त्रणका लागि गरिएको सकारात्मक निर्णय भएपनी खाडी मुलुकमा कार्यरत नेपालीहरु घर फर्किन नपाउदा चिन्तित बनेका छन्। कुवेतको कुरा गर्नेहो भने लकडाउन अवधिमै नेपाल फर्किन चाहनेको संख्या निरन्तर बढ्दो छ । नेपाल फ़र्किनुको कारण आर्थिक मन्दी,सेवामूलक क्षेत्रमा रोजगार हुनु ,रोगको डर,प्रत्येक कम्पनीले कर्मचारी कटौती शुरु गर्नु आदि मुख्य कारण हुन ।

त्यस्तै नेपालमा बढ्दो कोरोना संक्रमितको कारण भविष्यमा अझ विकराल परिस्थितिको उत्पति हुने पनी निश्चित छ।एक तर्फ नेपाली समाज वर्षौ देखी बेरोजगारी तर्फ बढ्दै छ। नेपालका आधिकांस युवाहरू वैदेशिक रोजगारीको शीलशिलामा विश्वको विभिन्न देशहरूमा पुगेका छन। त्यस्तै कुवेतमा पनी ७० हजारको हाराहारिमा श्रम गरीरहेका नेपालीहरूको कोरोना कहरले हज़ारौ नेपालीहरूको रोजगार गुम्ने पक्का पक्की छ। त्यसो त बिगत दुई महीना देखी बेतलवी बिदामा रहेका ६०%प्रतिशत भन्दा धेरै नेपाली रहेका छन भने केही नेपालीहरू तलबी बिदामा रहेका छन।

त्यस्तै वैदेशिक रोज़गारीमा रहेका ठुलो संख्यामा नेपाली युवाहरू एक्कासी नेपाल फ़र्किदा आर्थिक, सामाजिक, संकट संग लढ्नको लागी नेपाल सरकार अलिकती पनी तयारी अवस्थामा रहेको देखीदैन आउने दिनमा करिब ५०% प्रतिशत वैदेशिक रोजगारमा रहेको युवा नेपाल फर्केने निश्चित छ। यस बिषयमा नेपाल सरकारको निम्ति स्वदेश फर्किएका युवाको व्यवस्थापन मुख्य चुनौती हुनेछ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...