Wednesday 25th March 2026

##गजल##


##गजल##

मन भरी पीर चिन्ता आँखामा टिल्पिल पानी थियो।
एउटा हातमा झ‍ोला अर्को हातमा राहदानी थियो।

कसलाई रहर हुन्छ र आफ्नो मातृभूमि छोडेर जाने
मेरो आफ्नै बाध्यता अनि गरीबीको काहानी थियोे।

मैले आफ्नो जिन्दगीलाई कहिलै पनि ख्याल गरीन
मेरो पनि त खाउँ,खाउँ लाउँ,लाउँ भन्ने जवानी थियो।

खै के बताउ तिमीलाई ति अतितका कथा ब्यथाहरु
भो सम्झिन्न चाहन्न कहाली लाग्दो जिन्दगानी थियो।

गर्न पनि धनको घमण्ड कति सम्म गर्छन मान्छेहरु
आखिर मरेर जाँदा केही थिएन मात्र खरानी थियो।

सृजना पान्डे (सिरु)
चितवन
हाल – नेपाल बाहिर


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...