-राम भण्डारी
घरबुढो
कानका जालिहरु बाक्ला भएर हो
वा आवाज भद्दा,
पटक्कै केहि घुस्दैनन्!
घच्घच्याउने त धेरै छन् तैपनि पस्दै पस्दैनन्,
गाउँ बस्तीको रैथाने हु भन्थे,
आजकल त दुरदराजमा बस्दै बस्दैनन् ।।
गाउँ बुढो हुँदा
सजिलै भन्थे दुःखका दिन गए अब,
तारेभिर बाट पनि कुलो खनिदिन्छु
गाउँ भरिका युवा युवती,
एकएक लाई जागिरदिन भनिदिन्छु ।।
तर … आजभोलि
सबै बाचाहरु भुलेर,
सिंहदरबार तिर डुलेर हिड्छन् रे !
शहर पसेर आलिशान महलमै बस्छन् रे,
अनि भोगी र रोगी भएका छन् रे,!!
चिल्लो गाडी सहित ब्रेकफास्ट,
अनि डिनर गर्छन् रे
अाफ्नै बस्तिलाई पनि
विरानो भन्ने ढोंगी भएका छन् रे ।।
भन्छन् रे
बाचा पुरा गर्न फर्किन्न म त्यो गाउँमा
शहरै पसिदिन्छु ।
एक झुटले के भयो त
५ बर्ष लाइ हाईसन्चो बसिदिन्छु ।।
तर …तर सुन्छु
देश बुढो भएर
ढाकछोप,टालटुल अनि
हसाँउन भरमग्दुर कोशिस गर्छन् ।
बोल्नै नपर्ने ठाउँमा
मच्चि मच्चि बोल्छन्,
साँचो-झुटको पर्वाह छैन,
करतालध्वनि सँगै बगिदिन्छन ।।
भन्छन्
मलाई त छिमेकीको बडो भर लाग्छ
बरुआफ्नै सहयात्रीसँग कताकता डरलाग्छ ।।
थाहै छ
अस्ति मात्र पाएको आशिर्वाद ताजै छ यहाँ
वल्लो अनि पल्लो घरका
दौंतरीको पनि ठुलै साथ छ याहाँ ।।
र त देश बुढो यहिँ छन्,कोभिड मा पनि
कालापानी अनि लिपुलेक मा पनि ।।
केहि छैन..
केहि छैन
मन जलाएको भएपनि
आशा पलाएका छन्,
होस पुर्याएर जनताको सेवा गरिदिनोस् ।।
ए हजुर! धेरै नेपालीहरु परदेशमा अलपत्र छन्
छिट्टो उद्धार गरिदिनोस् ।।
हाम्रै जनता हुन उनीहरु पनि
आफ्नै नजरले हेरिदिनोस् ।।
बस् आफ्नै नजर ले हेरिदिनोस ।।
धन्यवाद!!!