Tuesday 24th March 2026

कविताः एकमुठी श्वास


-राम भण्डारी

हे धर्तीका सन्तानहरु हो ! कोभिड-१९ दुस्मनले पारेको छ फेला
नेपाल देशका हाम्रा नेताहरुलाइ कस्ले बुद्धि देला

आफू-आफू लड्छन् यहाँ शक्तिमा कुर्सीको खेल
एउटालाइ राख्ने अर्कोलाइ हटाउने उनीहरुबिच नै ठेलमठेल

जनतालाइ त के भयो र जहिले पनि हेलाँ
मनै झस्किने भुकम्प ७२ होस वा कोभिड-१९ को बेला

केहि नरम हुदै थियो त्यो भुकम्पको झमेला
चलाउँ अब पापी कोभिड भगाउने भेल

औषधि किन्न,चार्टर गर्दा, सुन्यौं कमिशनको झोला
निस्पक्ष,राहत बाड्नेलाइ चैं किन थुने होला?

सरकार! अब नेपाल भित्र भन्दा पहिला परदेशीलाइ हेर
साँचै दुःख परेको छ परदेशमा हामीलाई भन्दा धेर

महिला, पुरुष, बृद्ध,गर्भवती कोहि खर्च विहिन
असक्त र अपाङ्गता कोहि परमात्मामा विलिन

सबैलाई छिट्टै ल्याउ नेपाल आमाको काख
बिपद बिरुद्ध लडौं हामी रहेसम्म मुठ्ठी श्वास
जुटी सबै लडौं हामी भएसम्म एकमुठी श्वास

जय मास्क वाद।(यो मुख मा लगाउने मास्क हो)

ठोकर्पा – १, सुनकोशी, सिन्धुपाल्चोक
हालः पेप्सीकोला, काठमाण्डाैं ।

नोटः रचनाकारले तितोपाटी डट कम मा नियमित रूपमा रचनाहरू प्रकाशित गर्नुहुन्छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...