Saturday 21st March 2026

पाकिस्तानको कराँचीमा यात्रुबाहक विमान दुर्घटना


तितोपाटी – पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) को जहाज दुर्घटना भएको छ । ९१ जना यात्रु र चालक दलका ८ जना सवार रहेको सो जहाज दुर्घटनामा परेको पीआईएका प्रवक्ता अब्दुल सत्तारलाई उद्धृत गर्दै पाकिस्तानका सञ्चारमाध्यमहरूले समाचार प्रकाशित गरेका छन् ।

सो जहाज पाकिस्तानको लाहोरदेखि कराँची जाँदा जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल कराँची नजिकैको वस्तीमा दुर्घटना भएको पाकिस्तानी सञ्चामाध्यमले जनाएका छन् ।

पीआईएका प्रवक्ता अब्दुल्ला हफीजका अनुसार उक्त विमान लाहोरबाट कराची आउँदै थियो । उनले दुर्घटनाबाट के कति क्षति भयो भन्नेबारेमा जानकारी आइनसकेको बताएका छन् ।

तर पाकिस्तानी सेनाका प्रमुख जनरल कमार जावेद बाज्वाले भने ‘महत्वपूर्ण जीवनहरु गुमेको’ भन्दै समवेदना दिएका छन् । उक्त विमान लाहोरबाट कराँचीका लागि आएको थियो । अहिले घटनास्थलमा उद्धारकर्ता पुगेका छन् । उद्धारकर्ताहरुले स्थानीयलाई सुरक्षित स्थानतर्फ ल्याइरहेको पाकिस्तानी सञ्‍चारमाध्यम डनले जनाएको छ ।

त्यहाँका सञ्चारमाध्यममा आएका भिडियो दुर्घटनास्थलका फुटेजहरुमा धुँवाको मुस्लो आइरहेको र एम्बुलेन्स तथा उद्दारकर्ताहरु पुग्दै गरेको देखाइएको छ । दुर्घटनासँगै त्यहाँको स्वास्थ्य तथा जनसंख्या मन्त्रीले त्यहाँका प्रमुख अस्पतालमा आपतकाल घोषणा गर्दै उपचारका लागि तयार रहन निर्देशन दिएका छन् । एजेन्सी


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...