Thursday 25th December 2025

नेपालमा एकै दिनमा ५० जना कोरोना संक्रमित थपिए, पुग्यो ५०७


तितोपाटी – नेपालमा शुक्रबार मात्रै नयाँ ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको कुल संख्या ५०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार दिउँसो थप २० जनामा संक्रमण पुष्टि भएका हुन्। सेती प्रादेशिक अस्पताल, भेरी अस्पताल र विराटनगरको काेसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा संक्रमण पुष्टि भएको हो। यस अघि शुक्रबार बिहान मात्र ३० जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो पटक संक्रमित हुनेहरूमा कैलालीको सरस्वती माविको क्वारेन्टाइनमा रहेका तीन पुरुष, परसुराम १० घर भएका डडेलधुराका एक २८ वर्षीय पुरुष, बैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको हो ।

त्यसैगरी बाँकेका १८ देखि ६१ वर्ष उमेर समूहका १४ जनाको भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिए । त्यसैगरी मोरङको रतुवामाई–२ का एक ४१ वर्षीय पुरुषको पीसीआर रिपोर्टसमेत पोजिटिभ देखिएको छ । योसँगै शुक्रबार दिउँसो २० जनामा कोरोना पुष्टि भएको हो ।

विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको कारण अहिले सम्म ५१ लाख ७२ हजार भन्दा बढि सक्रमित भइ २० लाख ५४ हजार भन्दा बढिले स्वास्थ्य लाभ गरेका छन् भने ३ लाख ३५ हजार भन्दा बढिको ज्यान गइसकेको छ । नेपालमा अहिलेसम्म ७० जनाले स्वास्थ्य लाभ गरेका छन् भने ३ जनाको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा…

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

प्रतिकृयाहरू
...