Monday 13th April 2026

नेपालमा एकै दिनमा ५० जना कोरोना संक्रमित थपिए, पुग्यो ५०७


तितोपाटी – नेपालमा शुक्रबार मात्रै नयाँ ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको कुल संख्या ५०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार दिउँसो थप २० जनामा संक्रमण पुष्टि भएका हुन्। सेती प्रादेशिक अस्पताल, भेरी अस्पताल र विराटनगरको काेसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा संक्रमण पुष्टि भएको हो। यस अघि शुक्रबार बिहान मात्र ३० जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो पटक संक्रमित हुनेहरूमा कैलालीको सरस्वती माविको क्वारेन्टाइनमा रहेका तीन पुरुष, परसुराम १० घर भएका डडेलधुराका एक २८ वर्षीय पुरुष, बैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको हो ।

त्यसैगरी बाँकेका १८ देखि ६१ वर्ष उमेर समूहका १४ जनाको भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिए । त्यसैगरी मोरङको रतुवामाई–२ का एक ४१ वर्षीय पुरुषको पीसीआर रिपोर्टसमेत पोजिटिभ देखिएको छ । योसँगै शुक्रबार दिउँसो २० जनामा कोरोना पुष्टि भएको हो ।

विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको कारण अहिले सम्म ५१ लाख ७२ हजार भन्दा बढि सक्रमित भइ २० लाख ५४ हजार भन्दा बढिले स्वास्थ्य लाभ गरेका छन् भने ३ लाख ३५ हजार भन्दा बढिको ज्यान गइसकेको छ । नेपालमा अहिलेसम्म ७० जनाले स्वास्थ्य लाभ गरेका छन् भने ३ जनाको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...