Friday 3rd May 2024

कुवेतमा पछिल्ला २० दिनमा ९८ को मृत्यु, १३,५४४ मा संक्रमण


तोयानाथ उपेक्षित, कुवेतमा कोभिड १९ को तिब्र संक्रमणका कारण पछिल्ला २० दिनमा ९८ जनाले ज्यान गुमाएका छन भने १३,५४४ जनामा संक्रमण भएको छ ।

गत फेब्रवरी २४ मा तीन जनामा कोभिड १९ देखिए पछि यसलाई रोक्न कुवेतले चालेका अनेकौ उपायहरुका बाबजुद संक्रमण रोकिएको छैन । बरु कुवेतभर २४ घण्टे लकडाउनका वितेका १० दिनमा संक्रमण हुने र मृत्यु हुनेको संख्या विगतका सवै दिनको भन्दा धेरै देखिएको छ । कुवेतले मई महिनाको १० तारिकबाट ३० तारिकसम्म २१ दिनका लागि पूर्णकालिन कफर्युको घोषणा गरेको आज १० दिन पुरा भएको छ । बाकी १० दिनमा यसलाई नियन्त्रणमा लिएर जुनबाट सामान्य अवस्थामा कुवेतलाई फर्काउने लक्ष्य पछिल्ला दिनको संक्रमणको तिब्रताले पुरा हुन दिन्छ भन्ने देखिंदैन ।

पूर्णकालिन लकडाउनका १० दिनलाई हेर्दा कुवेतमा संक्रमित हुनेको संख्या ९,९४५ छ यो भनेको दैनिक जसो सरदर १००० का दरले संक्रमित हुने गरेका छन । यीनै दश दिनमा ७५ जनाले ज्यान गुमाएका छन ।

फ्रेब्रवरी २४ मा कुवेत प्रवेश गरेको कोभिड १९ बाट मार्चको १४ सम्म आई पुग्दा मात्र १०४ जना संक्रमित भएको देखिन्छ मार्चका बाँकी १५ दिनमा थप १८५ जनामा फैलियो अर्थात फेब्रवरीका ४ दिन र मार्च महिना पुरै अवधीमा कुवेतमा २८९ जनामा सिमित थियो । अप्रिल महिनामा ३७३५ मा संक्रमित भयो । अप्रिलको ४ तारिकका दिन कोरोनाबाट एक जनाको मृत्यु भएको थियो । उनी पहिला मृतक हुन । त्यसपछि अप्रिलको पुरा अवधीमा मृत्यु हुनेको संख्या २६ पुग्यो ।

मई महिनामा कोभिड १९ को तिब्र संक्रमण र मृत्यु हुनेको संख्या थपिन थाल्यो र यो क्रम जारी छ । आज मई २० तारिक सम्म आईपुग्दा कुवेतमा संक्रमितको संख्या १७,५६८ छ भने १२४ जनाको ज्यान गईसकेको छ । कुवेतले हाल सम्म २ लाख ५६ हजार ३१४ जनाको टेस्ट गरिसकेको छ । यहाँको कुल जनसंख्या ४२ लाख ६३ हजार २० हो ।

कुवेतमा सबै भन्दा धेरै संक्रमित हुने भारतीय नागरिकको संख्या छ । त्यसपछि क्रमस कुवेती, ईजिप्सियन र बंगलादेशी रहेका छन । नेपालीहरु कति संक्रमित छन भन्ने सार्वजनिक गरिएको छैन । केही साता अगाडीको एक तथ्यांकमा ८४ जना नेपाली भएको देखाईएको थियो त्यसयता मुख्य ४ देश बाहेकको संख्यालाई अन्यमा राखेर कोभिडको अपडेट दिने गरेको छ ।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...