Thursday 13th March 2025

कोरोना एक मौकाको रूपमा


सूर्यप्रसाद न्यौपाने- मानव जगतमा कृतिम वा प्राकृतिक रूपमा बिभिन्न घटनाहरू घट्ने गर्दछन । यस्ता घटित घट्ने घटनाहरूलाई मौकाको रूपमा बदल्नु, पुस्तौ पुस्ताको भविश्य हेरेर अगाडि बढ्नु, बिभिन्न चूनौति सामना गर्दै अगाडि (इतिहास परक, वस्तु मिष्टान्न, भविश्यमूखि) अवसरको रूपमा बढ्नु आजको आवश्यकता हो।

हिजो हामी तेस्रो विश्व युध्दको कुरा गर्दथ्यौ। पूँजिवाद र समाजवाद बिचको लडाईको कुरा गर्दथ्यौँ। जुन बम बारूदवाट भने अछुत नहोला भन्ने आकलन गरिन्थ्योँ। तर सत्य सावित भयो, अणु बमको परिकल्पनाको साटोमा कृतिमा जिवाणु बम मात्र फरक पर्छ । तसर्थ यस महामारीलाई तेस्रो विश्व युद्ध मान्न सकिन्छ। यहि कोरोनामय तेस्रो विश्व युद्धले मानव जगत ध्वस्त बनायो । यसमा नि हामि नेपालीले रोजी रोटि, रोजगारी सबै गुमाउने स्थितिमा छौ ।
हालको अबस्था सियो देखि लगाउने टाँक सम्म विदेशि उत्पादनहरू उपभोग गर्ने र लुवाइ खुवाइ रहन सहन मा समेत उत्तर आधूनिकतामा रमाइरहेका छौँ । हाम्रो अर्थतन्त्र को करीब ६४.२८% रेमीटेन्स र बाकि वैदेशिक सहायता , आय कर तथा आयात करको निर्भरतामा छ ।हाम्रो देश नेपाल सानो छ तर विभितताले भरिएको सप्तरंगि देश हो। भौगोलिक, प्राकृतिक, सांस्कृतिक, मानव निर्मित सबै तरिकाले सम्पन्न र भरिपूर्ण भएको विश्व मान चित्रमा देखिन्छ।

नेपाल एक कृषि प्रधान देश हो। त्यहि भएर होला बेला बेलामा मेरो बुबा भन्नु हुन्थ्यो “उत्तम खेति, मध्यम व्यापार र निम्न नोकरी” तर त्यति बेला पत्याइएन। आज कोरोनाले प्रमाणित गर्यो। हो रहेछ। त्यसैले अब चेतना भयो कि विश्व मान चित्रमा बन्द अर्थतन्त्र भित्र पनि सर्व शक्तिमान हुन सक्ने आँफैमा सुस्वभिक हुनु । उत्पादनको साधन मध्य श्रम शक्ति र यसको अधभूत शक्ति हामि नेपालीमा छ । यसैको परिणामले गर्दा होला आजका विश्व श्रम बजारको दाषि हामि नै, किताब बोकेर अमेरिका, अष्ट्रेलिया, लगायतक देशहरूमा आफ्नै भविश्य चराउन जाने पनि हामि नै,मरू भूमिको तातो घाँम खाने पनी हामिनै हौँ । हामिले आफ्नो र आफ्नै देशको अधभूत क्षमता र संभावनाहरू देख्नु सक्नु पर्छ र बेला पनि आएको छ ।

युवाहरूलाई विदेश जानवाट रोक्न फ्रि भिषा फ्रि टिकट, जस्ता कुरालाई निरूत्साहित गरि विना धितो सहूलियत व्याजदरमा ऋण दिने र जल, जमिन, जंगल, जडिबुटि, कृषि र पसुपालन क्षेत्रमा लगाउने हो भने बहूराष्ट्रिय कम्पनिद्धारा उत्पादन गरिएका र विश्व बजारमा एकाधिकार जमाएका वस्तुहरूलाई समेत विस्तापित गर्न सकिन्छ ।

हामिलाई हिजो भूकम्प र नाका बन्धिले केहि कुरा सिकाए कै थियो तर व्यावहारिक रुपमा लागू गर्न नसक्दा आज कोरोना जस्तो सामान्य महामारी सँग लड्न पनि गारो भयो। यदि हामिले भूकम्प र नाकाबन्दीले सिकाएको कुरा व्यबहार त लागु गर्न सकिएको भए आज उत्तर कोरियाले जस्तै नेपाल विश्व मान चित्रमा कोरोना मूक्त देश हुन्थ्यो।

अब उठ सरकार आज विदेशमा भएका सम्पूर्ण आफ्ना नागरिकहरूलाई आफ्नै देशमा लिएर आउ, सिमामा रहेका सम्पूर्ण नेपालीलाई आफ्नै गाँऊ घरमा फर्काउ र २ महिना सेल्फ क्वारेण्टाइनमा राखेर गाँऊ आफै बनाउ र पूर्ण आत्म निर्भर भन्ने साझा नारामा एकिकृत गराऊ। हिजो दोस्रो विश्व युद्ध पछि दक्षिण कोरियामा यहि अभियान चलाएको थियो। हिजो भन्दा आज फरक बनाउनै पर्छ ।

उत्पादक र उपभोक्ता बिचको भ्याकुमलाई अन्त्य गर्ने प्रणाली विकास गर्नु पर्छ। यि सबैको लागि सरकार निष्कलंक भष्ट्रचार मूक्त र जनताले पत्याउने खालको हुनु पर्छ । सरकारको केन्द्र संघिय संसद, स्थानिय निकायहरू सकृय रूपमा अगाडि बढ्नु पर्छ । यस कार्यको लागि हामि सबै एकजूट हून तयार छौ ।

सिन्धूपाल्चोक, हाल भक्तपुर
[email protected]


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको बलुचिस्तान प्रान्तमा सशस्त्र लडाकुहरूले एउटा यात्रुवाहक रेलमा आक्रमण गरी बन्धक बनाएकामध्ये कम्तीमा ३०० जना मुक्त भएको सुरक्षा अधिकारीहरूले बताएका…

गरिबीले बाध्य भएर विदेशीनु परेको छ यो कस्तो बाध्यता हो सहनु परेको छ घरपरिवारको खुसीको लागि आफ्नै खुसी रेट्नु परेको…

इजरायलको जानाजानी आणविक अस्पष्टताको नीति कति समयसम्म टिक्न सक्छ? लन्डन: यो त्यस्तो क्षण थियो जुन अन्तर्राष्ट्रिय समुदायमा लगभग कसैले पनि…

प्रतिकृयाहरू
...