Saturday 25th January 2025

कोरोनासँग कुवेत सरकार कसरी भिडदैछ ?


तोयानाथ उपेक्षित, धनी देशको प्रयोग हाम्रो जस्तो गरिब मुलुकका लागि कथा जस्तो मात्र होलान तर कतिपय कुराहरु भने अनुकरणीय र गर्न सकिने छन भने तिनको अध्यायन गरेर हामीले पूर्व तयारी गर्न र संक्रमण पछि उसको सामाजिक जीवनको रक्षा गर्न सक्दछौ ।

कोरोनाले देशको राज्यसंयन्त्र कोल्याप्स नभईसकेको अवस्थामा हतास भएर अघि बढ्नु अरु समस्या निम्त्याउनु जस्तै हो । हामी ले त्यही गरिरहेका छौ । जम्मा जम्मी ५ जना संक्रमित फेला परेको अवस्थामा हाम्रो सरकारको लागि कोकोहला र मिडियाका लागि खुराक बन्नु दुःखद कुरा हो । नागरिकलाई सचेत गराउने र सामाजिक दुरी कायम गर्ने कुरा राम्रो भईरहेको छ । यसको पालना शहर बजारमा जति हुन पर्ने हो त्यो भईरहेको छैन बरु गाउँमा त्यति जरुरत नभए पनि राम्रो पालना भईरहेको सुन्न पाईन्छ । शहर आफूलाई सचेतहरुको बस्ती पनि ठान्छ, सभ्य पनि मान्छ तर त्यहाँ त्यस्तो दावी पुष्टि हुने गतिविधी पटक्कै भएका देखिन्दैनन ।

म यहाँ कुवेत सरकारले कोरोनासँग कसरी जुझिरहेको छ ? त्यसलाई हाम्रा आँखाले के देखिरहेका छन र समाचारमा कसरी प्रस्तुतहुन्छन घटनाहरु त्यसलाई यहाँ राख्ने अनुमति चाहान्छु ।

१. कोरोना संक्रमणको आशंका भएकाहरुले वा तिनका नजिकका मानिसले हट लाईन प्रयोग गरेर खबर दिन सक्छन । यति भए पछि उनीहरुलाई एम्बुलेन्स आएर लान्छ ।
२. त्यो मानिसको विमार कोरोना नै हो भन्ने पुष्टि भए पछि उसको अघिल्ला दिनहरुको दिनचर्या लाई केलाईन्छ र संक्रमणको संंभावित सवै घेरामा निगरानी बढाईन्छ ।
३. उ बसेको घर लक डाउनमा पर्दछ । त्यस घरमा जो छन तिनलाई त्यहि कैद गरिन्छ । कम्पनी को आवासिय भवन भए त्यहाँ जति सय मानिस भए पनि उनीहरु अनिवार्य १४ दिने क्वारेन्टाईनमा पर्दछन । दिनहु एक मेडिकल टिम आउछ र तापक्रम मापन गर्दछ । ती मध्ये कसैको तापक्रम बढि देखिए उठाएर लैजान्छ । यसरी क्वारेन्टाईन अवधी पुरा भए पछि पुन स्वास्थ्य जाँच गरेर मात्र उनीहरु लाई स्वतन्त्रताको अनुमति मिल्दछ ।
४. जो मानिस कोरोना संक्रमित हो उसको राष्ट्रियता मात्र खुलाईन्छ । उसको नाम, विल्डिंग, काम गर्ने कम्पनी को नाम केही पनि सार्वजनिक गरिन्न र सरकारले सार्वजनिक नगरेको कुरा लाई कसैले सामाजिक सञ्जालमा वा व्याक्तिगत रुपमा भनेको पाईएमा कडा सजायको भागी हुन पर्दछ ।
५. बाहिरबाट कुवेत विमान स्थलमा आएको सवैले अनिवार्य सरकारी क्वारेन्टाईनमा १४ दिन विताउनै पर्दछ ।
६. स्थल मार्ग सवै शिल गरिएका छन कसैले आउनै पाउदैन ।
७. आफू जुन ठाउँमा रहेको हो त्यो भन्दा अर्को क्षेत्रमा गएर उसले कुनै पनि खाद्य कुरा खरिद गर्न पाउदैन । यसले गर्दा उसको सोसियल डिस्टेन्स सिमीत पार्दछ ।
८. सार्वजनिक बस सेवा ठप्प पारिएको छ र टयाक्सी सेवा पनि बन्द गरिएको छ जसले गर्दा सर्वसाधारण टाढा टाढा जान सक्दैनन ।
९. मोटरसाईकल वा साईकल बाट यहाँ कसैले यात्रा गर्ने भन्ने हुदैन । मोटर साईकल रेष्टुरेन्टले खाना डेलिभरी गर्न मात्र प्रयोग गर्दछन । यसर्थ साईकल वा मोटरसाईकल यहाँका लागि यातायातको साधान होईन ।
१०. कसैले पनि कुनै कार्यालय वा सुपर मार्केटमा पस्दा माक्स वा हेण्ड ग्लोभस को प्रयोग गरेको छैन भने उसलाई त्यहाँ छिर्ने अनुमती हुदैन यसमा कडाई गर्ने क्रम बढदो छ ।
११. हरेक कम्पनीका सवारी साधन, अफिस र क्याम्पहरुलाई सानिटाईज गर्न भनिएको छ र प्रत्येक ले ढोकामा नै सानिटाईजर को डिस्पेन्सर राखिदिएका छन ।
१२. प्रत्येक दिन २ साताका लागि मार्च २२ बाट साँझ ५ बजे लागु हुने र विहान ४ बजे सिद्धिने गरी करफयु लगाईएको छ । त्यस समयमा कसैलाई सडकमा निस्किएको पाए पक्राउ गरेर डिर्पोट, जेल र जरिमानाको व्यवस्था गरिएको छ ।
१३. लक डाउनमा सवैले हिडडुल गर्न पाउछन, भिडभाड हुने ठाउँहरु सवै बन्द भएका ले उनीहरुको हिडाई काम विशेषको मात्र हुन्छ । सामान खरिद गर्न वा काम गर्न ।
१४. सार्वजनिक स्थलहरु जस्तो पार्क वा सि साईड र चिडिया खाना तथा होटल, रेष्टुरेन्ट, सिनेमा, खेल मैदान, ठुला महलहरु सवै बन्द गरिएका छन जहाँ मानिसहरुको घनत्व धेरै हुने गर्दछ ।
१५. लक डाउन र करफ्यु फरक कुरा हुन भन्ने प्रष्ट छुटिन्छ । लक डाउनमा दैनिक सवैको सामान्य तवरमा चलिरहेको हुन्छ जब करफयुको समय हुन्छ सडकमा चरोमुसो देख्न पाईन्न । त्यही समयमा सडक र गल्लीहरुमा सरकारले सानिटाईज गर्न शुरु गर्दछ ।

हाम्रो देशमा के भईरहेको छ त ?
१. कोरोना संक्रमणलाई मजाक बनाउने, त्यसको खिल्ली उडाउने, भ्रम फैलाउने, अटेरी गर्ने र कालो बजारी गर्ने व्यस्तता बढेको जस्तो देखिन्छ ।
२. कोरोनाको कहर लाई कतै राजनैतिक दाउँपेच बनाउने कतै यसलाई मौका छोपेर भ्रष्टचार गर्ने ।
३. जुनसुकै विमारलाई पनि तातोतातो खबर बनाएर कोरोना मिसाई दिने । सामान्य मानिसलाई संक्रमित भनेर प्रचार गरिदिने । अस्पतालहरुले ज्वरो भन्ने वित्तिकै उपचार गर्नै नमान्ने ।
४. विदेशबाट आउनेहरुलाई विमानस्थलमा चेक जाँच राम्रो सँग नगर्ने सयौको सम्पर्क हुदै घर सम्म पुग्दा पनि वास्ता नगर्ने अनि अहिले उसको घरमा रातो झण्डा गाडने, समाजबाट अलग गराउने चलनलाई बढुवा दिने ।
५. कोरोना संक्रमितको नाम ठेगना सार्वजनिक गरेर हल्ला बढाउने तर निगरानी र सर्तकता मा ध्यान कम दिने ।
६. पीपीई, मेडिसीन र स्वस्थ्य उपकरणको बारेमा खासै चासो नदिने । डाक्टर नर्सहरुलाई कोरोनाको उपचारको लागि मनोवल उकास्ने कुनै कार्यक्रम र तालिमको व्यवस्था नगर्ने बरु उल्टै धम्की दिने ।
७. भुकम्पका बेला आएका तम्बुहरु निकालेर आईसोलेसनका लागि भन्दै थुप्रै गोठहरु बनाउने अनि फोटाहरु सार्वजनिक सञ्जालमा हालेर ठुलै उपलब्धी गरेको ठान्ने र प्रचार गर्ने ।
८. विमानस्थलको बाटो रोकिए पनि भारतबाट आएकाहरुलाई यथोचित निगरानी नगर्दा खतरा झन बढदैछ भनेर तराईलाई जागरुक बनाउन यथोचित पहल नभएको ।


सम्बन्धित शीर्षकहरु

सबै मिलेर स्वाभिमानी,आत्मनिर्भर नेपाल बनाउनु छ अब यो एउटा अभियानको रुपमा सुरु गर्नुपर्छ ।। धेरै कुरा सोचेर नयाँ योजना बनाउनु…

ताली बजाउनेहरु धेरै देखेँ गालीमा रमाउनेहरू धेरै भेटेँ पैताला सधैँ जमीनमा राखेँ सिर सधैँ ठाडो पारेँ पैतालाको समस्याले जमीन भासिएन…

कमला देवकोटा, पाल्पा - कृपया मेरी आमालाई एक महिनाको लागि तपाईँहरुसङ्गै राखीदिनुस् है? किन तपाईं कता जाने? बृद्धाश्रमका प्रबन्धकले सोधे।…

प्रतिकृयाहरू
...