Wednesday 16th September 2026

लक डाउन र व्यवसायिक समस्या।


बालकृष्ण घिमिरे,कोरोना भाइरस ( COVID-19 ) का कारण विश्व आतंकित छ । त्यसैका कारण नेपाल सरकारले मिति २०७६ चैत्र ११ गते बिहान ६ बजे देखि हाललाई चैत्र १८ गते बिहान ६ बजे सम्मका लागि लक डाउन ( प्रत्येक व्यक्ती अति आवश्यक काममा बाहेक घर बाहिर निस्कन नपाउने कानुनी व्यवस्था ) लागू गरेको छ । महामारी नियन्त्रण भन्दा पनि जोखिम नियुनिकरणका हिसावले राज्यले गरेको यो निर्णय स्वागत योग्य छ । हुनत कतिपय अवस्थामा लक डाउन मात्रै हैन सरकारले सेना परिचालन गरेरै कर्फ्यु आदेश जारी गर्नु पर्ने थियो भन्ने अवस्थामा पुगेका जनताहरु सरकारको यो कदमले त्यति खुसी देखिदैनन ।

सरकारले लक डाउनको व्यवस्था लागू गर्दा केही कानुनी जटिलता देखिएका छन , ती हुन अत्यावश्यक खाध्य पदार्थ भित्रको दुग्धजन्य पदार्थ संकलन तथा बिक्री वितरण । दूध र दुग्धजन्य पदार्थ अन्य रोग लागेका व्यक्ति लगाएत कोरोनाका लागि समेत रोग प्रतिरोधात्मक शक्तीका रुपमा रहेको खाध्य पदार्थ मध्येको प्रमुख पदार्थ हो । तर यो पदार्थ अन्य खाध्य पदार्थ भन्दा विल्कुलै फरक पदार्थ हो । उपभोक्ताहरुले दाल , चामल , पिडो , केडागुडि लगाएतका खाध्य पदार्थहरु आवश्यकता अनुसार सन्चित गर्न सक्छन तर दुग्ध जन्य पदार्थ घ्यु , नौनी , चिज , पनिर , खुवा , छुर्पी बाहेक दूध , दहि , मोहि जस्ता सामाग्री त्यसरी सन्चित गर्ने हो भने त्यसैका कारण घरमा अर्को रोग भित्रीन सक्छ ।
नेपाल पशुपालन व्यवसाय र दुग्धजन्य पदार्थ उत्पादनमा आत्मनिर्भर हुँदै गएको अवस्थामा यो व्यवसायमा आस्रित परिवारका लागि राज्यले लागू गरेको लक डाउन व्यवस्था निल्नु न ओकल्नु भएको छ । कारण दुग्धजन्य पदार्थ खरिद कर्ता अथवा उपभोक्ता शहर छाडी गाउँ पलायन हुनु र शहरमा रहेकाहरु समेत महामारिका कारण र सरकारको निर्णय कार्यान्वयनका लागि घरमै क्वारेन्टाइन बस्नु नै हो । जोखिमका हिसावले समेत राज्यले निस्चित समय दिएर डेरि पसल खोल्न भनेको अवस्थामा पसलहरुमा भिडभाड बडेर कोरोना संक्रमण छिटै फैलिने त्रास देखिन्छ । अर्को तर्फ आफ्नो ज्यान जोखिममा राखेर राज्यले अत्यावश्यक सेवा भित्रका पसल व्यवसाय संचालन गर भने पनि संचालन गर्न सकिने अवस्था छैन । गाई भैंसी पाल्ने कृषक , डेरि उद्योगमा कार्यरत उद्योगी कर्मचारी र दुग्धजन्य पदार्थ बिक्री वितरण गर्ने व्यवसायिहरुको पुर्ण स्वास्थ उपचार गर्न सक्ने व्यवस्था राज्यले गर्नु पर्दछ भने महामारि नियन्त्रण भन्दा बाहिर पुग्यो अथबा नियन्त्रण हुन समय लियो भने कृषक , उद्योगि व्यवसायिलीहरुले बैक बाट लिएको रिण मिनाह सम्म गर्ने आट सरकारले लिनु पर्दछ । यदि यो दयनिय अवस्था लम्बिदै गयो भने संक्रमणले अर्को रुप धारण गर्ने छ , त्यो के हो भने कृषकले उत्पादन गरेको दूध फ्याक्ने स्थिती आएमा त्यसले महामारिको रुपमा सकृय कोरोनालाई थप उर्जा दिने छ । त्यसैले अन्य खाध्य पदार्थ भन्दा पृथक रुपमा रहेको दुग्धजन्य व्यवसायलाई सरकारले बिषेश प्राथामिकतामा राखी यसको उचित व्यवस्थापन गर्नुको विकल्प देखिदैन । र राज्यले नै दूध व्यवसायलाई परिस्थिति जन्य मिल्क होलिडे घोषणा गर्नुको विकल्प छैन ।


सम्बन्धित शीर्षकहरु

लिथुआनियाको आकाशमा प्रवेश गरेको एक ड्रोनलाई NATO का लडाकु विमानहरूले खसालेका छन्। अधिकारीहरूका अनुसार यो पहिलो पटक हो जब लिथुआनियाको…

कुवेतको पुनरावेदन अदालतअन्तर्गत राज्य सुरक्षा इजलासले हिजबुल्लाहको सदस्यता तथा आर्थिक सहयोगसम्बन्धी मुद्दामा तल्लो अदालतले सुनाएको फैसला सदर गरेको छ। अदालतले…

मलेसियाले नेपालका २५ वटा म्यानपावर कम्पनीलाई मात्र एफडब्लूसीएमएस प्रणालीमार्फत श्रमिक पठाउने अनुमति दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकारले यसलाई…

प्रतिकृयाहरू
...