Thursday 19th March 2026

कोरोनाले मृत्यु हुनेको संख्या चीनमा भन्दा इटालीमा धेरै


एकैदिन ४२७ जनाको मृत्यु भएपछि इटाली कोरोनाभाइरसको संक्रमणबाट सर्वाधिक नागरिक गुमाउने मुलुक बनेको छ। इटालीमा योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ। यो संख्या कोरोना भाइरसको उद्गम स्थल चीनको भन्दा बढी हो।

चीनमा हालसम्म यसको संक्रमणबाट ३ हजार २ सय ४५ जनाको ज्यान गइसकेको छ। यध्यपी चीनको यो आँकडामाथि धेरैलाई शंका छ।

इटालीले कोरोना भाइरसको रोकथामका लागि हरसम्भव प्रयासहरू गर्दै आएको भएपनि मृतक र नयाँ संक्रमितको संख्या कम भइरहेको छैन।

देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि इटालीले मार्च १२ देखि सुरु गरेको ‘लक डाउन’लाई २५ मार्चसम्म बढाएको छ। उसले आफ्ना सबै नागरिकलाई अत्यावश्यक अवस्थामा बाहेक घरैभित्र बस्न भनेको छ।

विश्वव्यापीरुपमा भने हालसम्म २ लाख २० हजारवटा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ९ हजार बढीले आफ्नो ज्यान गुमाइसकेका छन्।

संक्रमण सुरु भएयता चीनले बुधबार पहिलोपटक कुनै नयाँ संक्रमित नभेटिएको बताएको छ। उसले देशभित्र नयाँ संक्रमित नदेखिएपनि विदेशबाट आएका ३४ जनामा भने यसको संक्रमण देखिएको जनाएको छ।

चीनमा कुल ८१ हजार जनामा यो संक्रमण देखिएको थियो भने इटालीमा हालसम्म ४१ हजार ३५ जनामा यो संक्रमण देखिएको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...